Samthar Times

Samthar Times

Share

19/09/2024

सम्थार (Samthar) गोल्ड कप आमन्त्रणी फूटबल टुर्नामेण्टको फिक्स्चर जारी

19 सेप्टेम्बरः सम्थार स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा हुने छेडुप लामा स्मृति सम्थार गोल्ड कप आमन्त्रणी फूटबल टुर्नामेण्ट 3 अक्टोबरदेखि शुरु हुनेछ। आयोजक समितिले बिहीवार टुर्नामेण्टको आधिकारिक फिक्स्चर जारी गऱ्यो। सम्थार खेल मैदानमा हुने यस टुर्नामेण्टमा जम्मा 16 वटा अग्रणी टीमहरूले हिस्सा लिनेछ। उद्घाटन म्याचमा ब्राइट स्पोर्टिंग क्लब, सिलगढ़ी (Siliguri) र ग्लेनबर्न युनाइटेडबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल 23 र 25 अक्टोबरमा हुनेछ। यसरी फाइनल 27 अक्टोबरमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा 1 लाख 50 हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा 1 लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Want your business to be the top-listed Media Company in Kalimpang?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Samthar Times
Kalimpang