NFC Stuttgart

NFC Stuttgart

Teilen

20/05/2026

हार्दिक समवेदना तथा भावपूर्ण श्रद्धाञ्जली। 🕯️

NFC Stuttgart e.V. का Vorstand सदस्य श्री रमण पनेरूज्यूका पूजनीय बुबाको असामयिक निधन भएको हुदा यस अपूरणीय क्षतिले हामी सम्पूर्ण NFC Stuttgart e.V. परिवारलाई अत्यन्त मर्माहित र स्तब्ध बनाएको छ। उहाँले आफ्नो जीवनकालमा पुर्‍याउनुभएको योगदान, माया, संस्कार र प्रेरणा सधैं स्मरणीय रहनेछन्।
यस शोकपूर्ण घडीमा हामी सम्पूर्ण NFC Stuttgart e.V. परिवार दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछौं। साथै शोकसन्तप्त परिवारजन, आफन्त तथा प्रियजनहरूमा NFC Stuttgart e.V. परिवारवाट यो असहनीय पीडा सहन सक्ने धैर्य, शक्ति र साहस प्राप्त होस् भन्ने ईश्वरसँग प्रार्थना गर्दछौं।

Photos from NFC Stuttgart's post 18/05/2026

मे १७, २०२६ मा भएको प्रतिस्पर्धात्मक खेलमा गोल अन्तरका आधारमा NFC Stuttgartले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको छ ।

३ वटा ३० मिनेटका खेलहरु खेलिएकोमा पहिलो ३० मिनेट गोल रहित बराबरीमा टुङ्गिएको थियो । वाइनगार्टेनका खेलाडीहरुले स्टुटगार्टका खेलाडीहरुलाई निकै नै दबाबमा राख्न सफल भएका थिए भने गोल रक्षकका रुपमा मैदानमा रहेका मिलन ओलीले उत्कृष्ट बचावहरु गर्दै स्टुटगार्टलाई पछि पर्न दिएका थिएनन् । उनले पेनाल्टी समेत रोकेर खेल बराबरीमा टुङ्ग्याएका थिए।

दोश्रो ३० मिनेटको खेलमा घरेलु टोली वाइनगार्टेनले १-० को जित हासिल गरेको थियो । पहिलो खेल भन्दा यसमा केहि सुधार देखिए पनि स्टुटगार्टको तर्फबाट भने कुनै गोल हुन सकेको थिएन ।

तेश्रो खेलमा भने स्टुटगार्टका खेलाडीहरुले खेल आफ्नो नियन्त्रणमा लिन सफल भएका थिए । Prashanna Gotameको पहिलो स्टुटगार्टको तर्फ बाट भएको गोलले अग्रता दिलाए लगत्तै पेनाल्टी मार्फत Susan Lama ले प्रहार गरेको गेलले २-० को जित दिलाएको थियो ।

प्रतियोगिताको कप्तानी सुरुवात Binod Basnetले गरेका थिए भने पहिलो खेलको २५ मिनेट पछि Susan Lama कप्तानको रुपमा मैदान पसेका थिए । प्रशीक्षकका रुपमा Anupam Aryal रहेका थिए । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी गोलरक्षक मिलन ओली रहेका थिए ।

आतीथ्यका लागी वाइनगार्टेन टोलीलाई हार्दिक धन्यवाद ।

Wollen Sie Ihr Service zum Top-Fitness-Studio in Stuttgart machen?
Klicken Sie hier, um Ihren Gesponserten Eintrag zu erhalten.

Kategorie

Adresse


Stuttgart
70563

Öffnungszeiten

Montag 18:00 - 21:00
Donnerstag 18:00 - 21:00