Our Galyang
08/03/2026
स्याङ्जा क्षेत्र नं. २ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार झविलाल डुम्रे विजयी हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।।
22/07/2025
गल्याङ–३, लल्याङमा आयोजित सेभेन्जर्स कप 2082 क्रिकेट प्रतियोगिताको भव्य उद्घाटन आज सम्पन्न भएको छ। प्रतियोगिताको उद्घाटन कार्यक्रमको प्रमुख अतिथिका रूपमा गल्याङ नगरपालिका–३ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई उपस्थित थिए।
उद्घाटन समारोहमा वडाध्यक्ष भट्टराईले युवाहरूलाई खेलकुदमा सक्रिय बनाउँदै सामाजिक सद्भाव र अनुशासन प्रवर्द्धन गर्न यस्ता प्रतियोगिताहरू महत्वपूर्ण रहेको बताएका थिए। उनले गल्याङ क्षेत्रलाई खेलकुदमैत्री बनाउने दिशामा यस्ता प्रयास प्रशंसनीय रहेको उल्लेख गरे।
प्रतियोगिताको उद्घाटन खेलमा गल्याङ भेटेरेन्स (४० वर्षमाथिका अनुभवी खेलाडीहरू) र गल्याङ–११ (U-16 मिश्रित टोली) बीच ऐतिहासिक खेल भयो। अनुभव र ऊर्जा बीचको भिडन्तमा गल्याङ–११ ले भेटेरेन्सलाई ९० रनले पराजित गर्दै युवा जोशको छाप छाड्न सफल भयो। यो खेलले ‘Age is just a number’ भन्ने भनाइलाई बलियो सन्देश दिएको थियो।
त्यसपछि भएको दोस्रो खेलमा राम्दीले निसर्दीलाई पराजित गर्यो। राम्दीका निसान थापा ले अविस्मरणीय प्रदर्शन गर्दै ८९ रनको योगदान र १ विकेट लिएर म्यान अफ द म्याच बने।
तेस्रो खेलमा इस्लामपुरले गौमुखलाई ९९ रनको फराकिलो अन्तरले हरायो। यस खेलमा इस्लामपुरका वाकार अलीले मात्र २८ बलमै १०८ रनको विस्फोटक इनिङ्स खेले, जुन हालसम्म प्रतियोगिताकै सर्वश्रेष्ठ व्यक्तिगत प्रदर्शन हो।
सेभेन्जर्स कप 2082 मा गल्याङ क्षेत्रका विभिन्न स्थानबाट सहभागिता जनाएका टिमहरूले प्रतिस्पर्धात्मक खेलमार्फत दर्शकलाई भरपूर मनोरञ्जन दिइरहेका छन्।
11/08/2024
https://bishwasamachar.com/2024/08/11/
प्रभावित क्षेत्रका जनताको जीत हो मुल्य बृद्धि फिर्ता -सम्योजक बस्याल बुटवल पावर कम्पनीले ग्रामिण बिद्युतिकरणमा बिद्युत महसुलमा भारी मुल्य बृद्धि गरे पछी भएको प्रभावित क्षेत्रका जन...
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Website
Address
Syangja
00977