Love dada media
प्रदेशहरूको बजेट, तपाईंको प्रदेशको कति:
• कोशी - ४० अर्ब ४४ करोड
• मधेस: ४१ अर्ब १३ करोड
• बागमती: ६६ अर्ब ९३ करोड
• गण्डकी: ३२ अर्ब ९९ करोड
• लुम्बिनी: ३७ अर्ब ३८ करोड
• कर्णाली: ३५ अर्ब ३९ करोड
• सुदूरपश्चिम: ९ बजे आउँदै !
15/06/2026
रुपन्देही जिल्ला अदालतले रास्वपा सभापति Rabi Lamichhane विरुद्ध दायर संगठित अप!राध र सम्पत्ति शुद्धीकरणको मु!द्दा हटाएको छ। 😮
निकै महत्वपूर्ण विषय उठान गर्नुभयो माननीय Harka Sampang A Revolution ज्यू ! 🙏💐
15/06/2026
काम नगर्ने ठेकेदार जहाँ भए पनि खोजेर ल्याउनु, खुट्टा भच्दिनु । : मन्त्री लम्साल
15/06/2026
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले कैलालीमा एक टेम्पोलाई भीरबाट खसालिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोप्रति ध्यानाकर्षण गराउँदै एक गरिब टेम्पो चालकको सवारीसाधन वन प्रहरीको उपस्थितिमा भीरबाट गुल्ट्याइएको दृश्यले आफूहरू मर्माहत भएको बताए।
उनले उक्त घटनाको निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न तथा पीडित चालकलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन गृहमन्त्रीको ध्यानाकर्षण गराए।
साम्पाङले सोही क्रममा घरको छानामाथि ढुंगा हानिएको अर्को दृश्य पनि देखिएको उल्लेख गर्दै पछिल्लो समय प्रहरीको व्यवहारप्रति चिन्ता व्यक्त गरे ।
नागरिकले प्रहरी देख्दा सुरक्षा र संरक्षणको अनुभूति गर्नुपर्ने भएपनि केही घटनाका कारण प्रहरीप्रति डर र त्रासको वातावरण सिर्जना भएको उनको भनाइ थियो।
उनले भने,‘एउटा गरिब दुखी टेम्पो चालकको टेम्पो वन प्रहरीको उपस्थितिमा भीरबाट गुल्ट्याइदिँदै गरेको भिडियो देखियो । त्यो दृश्यले हामी मर्माहत छौं । त्यसतर्फ गृहमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहान्छु । दोषिलाई कारवाही होस् र क्षतिपूर्तीको व्यवस्था गरियोस् । त्यो सँगै घरको छानामा ढुंगा हान्दै गरेको पनि देखियो । अचम्म लाग्छ, आजभोली प्रहरी यसरी उद्दण्ड भएको देख्दा । प्रहरी देख्ने वित्तिकै शान्ति सुरक्षाको महसुस हुनुपर्ने हो । प्रहरी देख्दा डर र आतंक मान्ने वातावरण तुरुन्त सच्याइयोस् ।’
गत जेठ २९ गते डिभिजन वन कार्यालय कैलालीका कर्मचारीले अतिक्रमण हटाउने क्रममा गोदावरी नगरपालिका वडा नम्बर ४ मा एक महिलाको टेम्पो भीरबाट खसालिएको भिडियो सार्वजनिक भएको थियो ।
13/06/2026
रविलाई हर्क साम्पाङको खुल्ला पत्र प्रधानमन्त्रीको अभिव्यक्ति बारे पार्टीको आधिकारिक धारणा
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई(साम्पाङ)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई खुला पत्र लेख्नु भएको छ ।
शुक्रबार खुला पत्र लेख्दै नेपाल–भारत सीमा सम्बन्धी प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न माग गर्नुभएको हो ।
राईले प्रधानमन्त्री शाहले गत जेठ १७ गते संसद् बैठकमा दिएको अभिव्यक्तिमा रास्वपाको आधिकारिक धारणा माग गर्नुभयो ।
12/06/2026
संसदमा हर्क साम्पाङले भने-‘प्रधानमन्त्री त आउनुहुन्न, सभामुख महोदयले रुलिङ गरेर रक्षामन्त्री ल्याइदिनुपर्यो, हामी दुई-चार वटा प्रश्न सोध्न चाहन्छौँ।’
11/06/2026
सांसद Gayendra Shahi भन्नुहुन्छ: "भन्सारको कर छलीको कुरामा अर्थमन्त्री ज्यु झुट बोल्नु भएको छ। गाडी आउछ २१ गते भन्सार पास हुन्छ १४ गते..करको दरको रेट थाहा नभए त्यो कसरी आयो ? अनि यसमा संसदीय छानबिन समिति बनाउन के को आपत्ति छ ?
हेटौडामा खगेन्द्र सुनारको ग'र्जन, हामीले प्लेन चड्दा चकलेट खाएको कुरा आउला, सिङ्गै प्लेन खाएको कुरा आउँदैन
10/06/2026
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जथाभावी संसदीय छानबिनको माग नराख्न विपक्षी दलहरूलाई आग्रह गरेका छन् ।
‘जथाभावी संसदीय छानबिन ! के संसद् त्यति सस्तो भयो ? संसदीय छानबिन भन्नलाई …’ बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा अर्थमन्त्री वागलेले भने ।
Click here to claim your Sponsored Listing.