UML Panchthar Update
28/06/2026
प्रेस बिज्ञप्ति!
26/06/2026
कमरेडहरु अभिबादन।
नेकपा (एमाले) जिल्ला कमिटी पाँचथरको बाह्रौं बैठक (बिस्तारित)/अगुवा कार्यकर्ता भेला यहि मिति २०८३ असार १५ गते पुष्पलाल मदन भण्डारी स्मृति परिषदको (जिल्ला पार्टी कार्यालय) भवनमा बिहान ११:०० बजे देखि बस्ने भएको हुँदा जिल्ला कमिटीका पदाधिकारी एबं जिल्ला सदस्यहरु/जिल्ला लेखा आयोगका पदाधिकारी एबं सदस्यहरु/जिल्ला सल्लाहकार परिषदका पदाधिकारी एबं सदस्यहरु/पुर्ब जिल्ला कमिटी सदस्यहरु/जिल्ला जेष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी एबं सदस्यहरु/८वटै पालिका कमिटीका पदाधिकारीहरु/६०वटै वडा कमिटीका अध्यक्षहरु/निर्बाचित वडा अध्यक्षहरु/जनसंगठनका जिल्ला पदाधिकारीहरु ,प्रदेश सदस्यहरु र केन्द्रीय सदस्यहरु लगायत कमरेडहरुलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।
साथै केन्द्रीय कमिटी ,केन्द्रीय आयोग सदस्य र प्रदेश कमिटी ,प्रदेश सल्लाहकार परिषदका नेता कमरेडहरुलाई अतिथिको रूपमा उपस्थित भइ दिनहुन हार्दिक अनुरोध छ।
(नोट:-माथि उल्लेख्य परिभाषित कमरेडहरुलाई सबैले एक आपसमा सूचना सम्प्रेषण गरौं।)
क.पृथ्वी लावती
सचिब
नेकपा (एमाले) जिल्ला कमिटी ,पाँचथर।
23/06/2026
नेकपा (एमाले) फिदिम नगरपालिका १२नं. वडा कमिटीको बिस्तारित बैठक कमिटी अध्यक्ष क.गजलाल अधिकारीको अध्यक्षता ,जिल्ला सदस्य एबं वडा इन्चार्ज क.कमल चापागाई ,जिल्ला सल्लाहकार सदस्य क.नन्दकिशोर आचार्य ,जिल्ला कृषि बिभाग सदस्य क.यामनाथ ढुंगाना ,नगर कमिटी सचिवालय सदस्य क.पुष्प आचार्य ,नगर सदस्य क.कल्पना बि.क ,नगर सल्लाहकार सदस्यद्वय क.पर्शुराम अधिकारी र क.बुद्विमान नेपाली ,वडा सल्लाहकार अध्यक्ष क.गोपि बाँस्कोटा लगायत कमरेडहरुको आतिथ्यतामा महत्वपूर्ण कार्ययोजना निर्माण गर्दै सम्पन्न भएको छ।मिति:-२०८३ असार ९ गते।
Click here to claim your Sponsored Listing.