BJ'a
काहानि म सुरु हुनु भन्दा पहिले बाट सुरु भएकाे थियाे। म छदै खत्ताम हुन्छकि भनेर डराएकाे छैना म नभयपनि मेराे काहानि चलिरहने छ।
30/05/2025
माया भन्नु केवल रमाइलो पलहरू बाँड्नु मात्र होइन, यो त आत्माको गहिरो सम्बन्ध हो, जसले दुई मनलाई एकसाथ बाँध्दछ। जब कुनै व्यक्तिलाई साँचो माया गरिन्छ, त्यो माया शुद्ध हुन्छ, तर त्यससँगै शंका र डाह पनि स्वाभाविक रूपमा आउँछ। शंका त्यो डर हो, कि कतै ऊ टाढा त हुँदै छैन? डाह त्यो चिन्ता हो, कि ऊ कसै अर्कासँग त नजिकिँदै छैन? यी भावना कमजोरी होइनन्, माया भित्र लुकेका संवेदनशीलता हुन्।
जो माया गर्छ, उसले गुमाउने डर सधैं महसुस गर्छ। र यही डरले कहिलेकाहीँ शंका र डाह जन्माउँछ। तर यसको अर्थ त्यो माया कमजोर छैन, बरु त्यो माया गहिरो छ, साँचो छ। शंका र डाह बिना माया निर्जीव जस्तै लाग्छ, जस्तो फूलमा सुगन्ध नहुनु।
साँचो माया गर्नेहरू कहिल्यै पूर्ण रूपमा निश्चिन्त हुन सक्दैनन्, किनकि उनीहरू सधैं त्यो मान्छेलाई गुमाउने डरमा बाँचिरहेका हुन्छन्। त्यसैले भन्नुपर्छ — मायाको दोस्रो रूप हो शंका र डाह, यी बिना कोही कसैलाई साँचो माया गर्नै सक्दैन।
13/05/2025
♦️सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो ?
भनेर तपाइँलाई थाहा छ !! माया ? 🤔
माया, होइन यो पछि मात्रै आउँछ। सबैभन्दा महत्त्वपूर्ण आवश्यक कुरा हो सम्बाद, (एकअर्कामा कुराकानी)।
एउटा सम्बन्ध तब मात्रै जिउँदो रहन्छ , जब दुई मान्छेमा नियमित रुपमा कुराकानी गर्छन्, एकअर्कालाई समय दिन्छन्, एउटाले कुरा गर्दैगर्दा अर्कोले ध्यान दिएर सुन्ने गर्छन् र उसको कुरा बुझ्ने प्रयास गर्छन।
शारीरिक रुपमा टाढा हुनुमा केही समस्या हुदैन, त्यसो त म आफै पनि एक दशक देखि लाखौ माइल टाढा छु, यदि मनैदेखी सुन्ने र सम्झने प्रयास गरिन्छ भने। हजारौं माइल टाढा रहेर पनि मान्छेहरु नजिक हुन सक्छन् यदि दिनदिनै( म छु नि ) भनेर सम्झाउने र सान्त्वना दिन सकिन्छ भने।
हरेक दिन "तिम्रो हालखबर के छ?"
"स्वास्थ्य अवस्था के कस्तो छ?"
"आज के खायौं?"
"आज के गर्ने प्रोग्राम छ?" भनेर सोधपुछ गर्ने।
यि सानो कुरामा नै सम्बन्धको सास अल्झिएर बसेको हुन्छ।
जब यि कुराहरू सोध्न छोडिन्छ भने, सम्बन्धले सास फेर्न बिर्सन थाल्छ।
एकअर्कामा बेमेल हुनुले, नबोल्नाले, महत्त्व नदिनाले गर्दा सम्बन्धलाई बिस्तार- बिस्तारै मार्ने काम गर्छ।
कहिले जुन मान्छेको धेरै आवश्यक थियोे, जसलाई धेरै आफ्नो लाग्ने गर्थ्यो, उनीहरु नै एकदिन पराई लाग्न थाल्छन्। किनकि उसलाई समय दिने गरिएन, उसँग कुराकानी गर्ने गरिएन, उसलाई माया महसुस गराइएको थिएन।
यदि तपाईंले कुराकानी गर्नु हुदैन भने, उसको मनको अवस्था कसरी थाहा पाउनुहुन्छ?
यदि तपाईंले समय दिनु भएन भने, तपाईं अझै पनि उसकै हो भनेर उसलाई कसरी थाहा हुन्छ?
कुनै मान्छेलाई "म तिमीलाई माया गर्छु" सुनेर मात्रै रहन सक्दैन, उसलाई हरेक दिन महसुस पनि गराउन सक्नुपर्छ।
र जब सम्बन्ध एकतर्फी हुन्छ भने, त्यसबेला मान्छेले माया होईन - स्वतन्त्रता चाहन्छ। किनकि त्यसबेला मायाले शान्ति होईन दु:ख मात्रै दिन्छ।
जसले साचो माया गर्छ, सम्बन्ध छुट्दा कति दर्दनाक पीडा हुन्छ भनेर उसलाई थाहा हुन्छ। उसले हरेक दिन थोरै भएपनि समय दिन चाहन्छ, थोरै कुराकानी गर्न चाहन्छ, "तिमी मेरै हौँ" भनेर थोरै महसुस गराउन चाहन्छ ।
र जसले माया गर्न चाहदैन, उनिहरुको लागि सम्बन्ध बोझ बन्न थाल्छ। उसले बिस्तार बिस्तारै खोजिखबर गर्न छोड्दै जान्छ, कुराकानी गर्दैन फोन म्यासेजको जवाफ फर्काउदैन, टाढा हुनुमै खुशी हुन थाल्छ। मनमा माया भएपनि, त्यो सम्बन्ध टिक्दैन।
सम्बन्धमा माया आवश्यक हुन्छ,
त्यसलाई मनमा लुकाएर राखेर मात्रै केही हुँदैन- यदि त्यसलाई भनिएन भने, उसको अगाडी व्यक्त गरिएन भने, जताइएन भने, महसुस गराइएन भने, एकदिन त्यो माया आफै सुकेर जान्छ।
सम्बादको मतलब कुराकानी गर्नु मात्रै पनि होइन-
सम्बादको भनेको मनमा एकअर्कालाई ठाउँ दिनु पनि हो। उसको सुख दु:खमा उसँगै उभिनु, अन्तमा उसको "आफ्नो" बनिनु।
एउटा समय यस्तो पनि आउँछ
जब मान्छेलाई बारम्बार सम्झाउने प्रयास गर्दा-गर्दा उ थाक्छ।
त्यसपछि उ मौन हुन्छ। उसले आफुलाई पछाडी तान्छ।
कुनै होहल्ला बिना नै- त्यहीँबाट सम्बन्ध सकिन्छ।
त्यसैले,.
यदि साँच्चै नै माया गर्नुहुन्छ भने, कुराकानी गर्नुहोस्, हालखबर सोध्नुहोस, समय दिनुहोस्।
किन भने सम्बाद नहुदा सबैभन्दा नजिकको मान्छे पनि एकदिन पराई लाग्न थाल्छ, अन्जान देखिन थाल्छ।।
🇳🇵कृपया Follow बटनमा थिचेर जोडिन सक्नुहुनेछ। 🙏❤️
Click here to claim your Sponsored Listing.