Pyuthan Calling
19/04/2026
एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण
प्यूठान — जिल्लाको झिमरुक गाउँपालिका–४ खहरेस्थित एक परिवारका चार जना सदस्य स्थायी सरकारी सेवामा नाम निकाल्दै उदाहरणीय बनेका छन्। देवेन्द्र जिसी र कमला जिसीका दुई छोरा, एक छोरी र एक बुहारीले फरक–फरक समयमा लोकसेवाबाट सफलता हासिल गरेका हुन्।
जेठा छोरा कृष्ण जिसी २०७६ सालदेखि लुम्बिनी प्रदेश अन्तर्गत ऐरावती गाउँपालिकामा अधिकृत छैटौं तहमा कार्यरत छन्। बुहारी पार्वता पौडेल २०८० मंसिरमा कोशी प्रदेशबाट सेवा प्रवेश गरी हाल ओखलढुंगाको लिखु गाउँपालिकामा अनमी सहायक चौथो तहमा कार्यरत छन्।
छोरी प्रतिमा जिसीले २०८१ वैशाखमा लुम्बिनी प्रदेशबाट अनमी सहायक चौथो तहमा नाम निकालेर अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा सेवा दिइरहेकी छन्। कान्छा छोरा मनोज जिसीले पनि यसै वैशाख ५ गते बाग्मती प्रदेश लोकसेवा आयोगबाट नाम निकाल्दै खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालयमा सिफारिस पाएका छन्।
एकै घरका चार जनाले सरकारी सेवामा सफलता हासिल गरेपछि जिसी परिवार यतिबेला जिल्लामै चर्चा र प्रेरणाको केन्द्र बनेको छ।
17/04/2026
सुपा देउराली मन्दिर ऐरावती-२ लुङ्चुङ्ग प्युठानको दर्शन गर्नुहोस🙏
फोटो : अनुपराज पाण्डे,ऐरावती।
16/04/2026
सुपा देउराली मन्दिर 🕉️
ऐरावती गाउँपालिका–२, धाईरेखर्कमा अवस्थित सुपा देउराली मन्दिर।🙏 सुपा माईले सबैको रक्षा गरुन।
Pic: Resham Raj Adhikari
15/04/2026
प्युठानमा पनि खुल्यो
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Lumbini
22300