Metropolitan Crime Division

Metropolitan Crime Division

Share

Photos from Metropolitan Crime Division's post 11/02/2018

“ठगी गर्ने व्यक्तिहरु पक्राउ”
घटना बिबरण :
केहि व्यक्तीहरुले बजार भाउ भन्दा सस्तोमा सुन दिन्छु भनि प्रलोभन एवं विश्वासमा पारी रु. २०,००,००० ( बिस लाख ) लिई सुन नदिई रकम ठगी गरेको भनी पिडितहरुले यस कार्यालयमा हुलिया निवेदन दिए पश्चात उक्त निवेदनका सम्बन्धमा अनुसन्धान गर्ने क्रममा मिति २०७४।१०।२५ गते उपत्यकाका बिभिन्न स्थानहरुबाट तपशिलमा उल्लेखित व्यक्तीहरुको साथबाट नगद रु. २० लाख ५० हजार, Iphone 6 थान १, बा. ११ च ७६४२ नम्बरको स्विफ्ट गाडी सहित बरामद गरी पक्राउ गरिएको । थप अनुसन्धान कार्य जारी रहेको ।
साथै उपरोक्त घटनामा पक्राउमा परेका नरेन्द्र महराको साथबाट बरामद भएको Iphone 6 को फोटो ग्यालरीमा रेडपाण्डाको छालाको फोटो देखिएपछी सो सम्बन्धमा अनुसन्धान गर्दै जाँदा दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला थान १ झोलामा बोकी हिँडेको अवस्थामा का.जि.का.म.न.पा. वडा नं. ६ बस्ने वर्ष २४ को भरत विलाश पराजुलीलाई मिति २०७४।१०।२५ गते काठमाण्डौ कपन शिव मन्दिरबाट पक्राउ गरिएको । थप अनुसन्धान तथा कारवाहीको लागी मिति २०७४।१०।२६ गते जिल्ला वन कार्यलाय, हात्तिसार पठाईएको ।
कानुनी व्यबस्था :
मुलकी ऐन ठगीको महल बमोजिम ठगी गर्ने लाई ठगी लिएको विगो बमोजिम वगो भराई विगो बमोजिम जरिवाना र ५ वर्ष सम्म कैद ।
पक्राउ व्यक्तिहरु :
१.नाम : नरेन्द्र महरा
उमेर : ३२ वर्ष
ठेगाना : जिल्ला दाङ, घोराही-४
हाल : का.जि., बुढानिलकण्ठ

२.नाम : ईन्द्रसिंह धामी
उमेर : ३३ वर्ष
ठेगाना : जिल्ला दार्चुला, भगवती-४
हाल : ललितपुर , बुङमती

३.नाम : भुपेन्द्रसिंह धामी
उमेर : २८वर्ष
ठेगाना : जिल्ला दार्चुला, भगवती-४
हाल : ललितपुर , बुङमती

४.नाम : भरत बिलाश पराजुली
उमेर : २४ वर्ष
ठेगाना : जिल्ला चितवन, कालिका न.पा. , वडा नं.१
हाल : का.जि. ,टेकु

मिति : २०७४।१०।२८ गते ।

31/01/2018

“ घटनामा सङ्लग्न पेशेवर डांका ब्यक्तिहरु पक्राउ ”
घटना विवरण :-
मिति २०७४।१०।१० गते बिहान अं २:०० बजेको समयमा जि. भक्तपुर सुर्यबिनायक न.पा. वडा न ८ गणेश चोक स्थित मनोहर बस्नेतको घरमा डेरा गरी बस्ने राम बहादुर तामाङको डेरा कोठामा प्रवेश गरी पेस्तोल खुकुरी देखाई बोले कराएमा ज्यान मार्ने धाक धम्की दिई डर त्रास देखाई परिवार लाई हात खुट्टा डोरीले बाँधी नियनत्रणमा लिई कोठामा भएका नगद तथा सुनका बिभिन्न गर गहना मोवाईल समेत अन्दाजी रु १६,०७,९००/- बराबरको धनमाल डाका गरी लाने कार्यमा सम्लग्न रहेका निम्न मानिसहरुलाई यस महाशाखाबाट खटिएको टोलीले डांका गरि लगेको बिभिन्न धनमाल सहित उपत्यकाका बिभिन्न स्थान बाट पक्राउ गरी डाका चोरी मुद्धामा आवश्यक कानूनी कारवाहीको लागि मिति २०७४।१०।१७ गते म.न.प्र. परिसर भक्तपुर पठाईएको ।
अनुसन्धानको क्रममा प्रारम्भिक सोधपुछ गर्दा निज हरु मध्ये भोज बहादुर थापा मगर , मिलन भन्ने रत्न बहादुर तामाङ यस भन्दा अगाडी पनि बिभिन्न डांका तथा चोरी केशमा सम्लग्न रहदै आएकोमा अन्तिम पटक निजहरु मिति २०७४ सालको गणतन्त्र दिवसको उपलक्ष्यमा जेल छुट भएका । अन्य घटनामा सम्लग्न रहेका फरार मानिसहरुको खोजी कार्य भई रहेको ।
अनुसनधानबाट खुलेका कुराहरू :-
१.घटना गर्ने दिन साँझ ८ बजे भक्तपुर जगाते मा घटनामा सम्लग्न रहेका ८ जना भेट गरी पिडितको घर नजिक भेटभई खाजा खाई डांका गर्ने घरको निग्रानी गरेको ।
२.राती ९:०० बजे पिडितको घर नजिक गणेश चोक स्थित खेत किनारामा बसी घरका सबै मानिस नसुतुन्जेल सम्म निग्रानी गरेको ।
३.राती २:०० बजेको समयमा घरमा प्रवेश गरी सबै परिबार लाई नियन्त्रणमा लिई पेस्तोल , खुकुरी देखाई परिवारलाई नियन्त्रणमा लिई नगद , सुनका गर गहना , मोवाईल समेत डाका गरि लगेका ।
४. साथै निजहरुले घर कम्पाण्डमा पार्किङ गरेको बा ८५ प ७८५० नम्बरको मो.सा.चोरी समेत लिई गएका ।
५.घटना घटना पश्चात निज हरु मो.सा . तथा पैदल बौद्द जोरपाटी आई नगद भाग लगाएका ।
६.डाका गरेका सुनका गर गहना डाका घटनामा सम्लग्न बिण्णु भन्ने अमृत तामाङले मुर्तीको काम गर्ने सानुकान्छा तामाङलाई बिक्री गर्न दिई नगद रु २,९०,०००।- लिएका ।
पक्राउ ब्यक्तिहरु:
१. नाम :-भोज बहादुर थापा मगर
उमेर :- ४० वर्ष
ठेगाना :- जिल्ला रामेछाप दोरम्बा गा.पा. वडान ४
२. नाम :- मिलन भन्ने रत्ना बहादुर तामाङ
उमेर :- ४० बर्ष
ठेगाना :- जिल्ला सिन्धुली मरिन गा.पा. वडा न ८
३. नाम :- बिण्णु भन्ने अमृत तामाङ
उमेर :- २६ बर्ष
ठेगाना :- जि. काभ्रे धुलिखेल न.पा. वडा न १
४. नाम :- सानुकान्छा ब्लोन
उमेर :- २७ बर्ष
ठेगाना :- जिल्ला काभ्रे धुलिखेल न.पा. वडा न १०
फरार रहेका ब्यक्तीहरु :-
१. नाम :- टोकल भन्ने रोहित बहादुर थापा मगर
उमेर :- २६ वर्ष
ठेगाना :- जिल्ला रामेछाप दोरम्बा गा.पा. वडान ४
२. नाम :-वाईबा भन्ने दिर्घ बहादुर तामाङ
उमेर :- अ.२२/२३ वर्ष
ठेगाना :- जिल्ला सि.पा. मेलाम्ची
३. नाम :-बिनोद तामाङ
उमेर :- ४२/४३ वर्ष
ठेगाना :- जिल्ला सिन्धुपाल्चोक
हाल :- ललितपुर भैसेपाटी
बरामद भएका सामानहरु :-
१. पगालेको सुनको डिक्का ६ तोला आधा ।
२. नोकिया मोवाईल १ थान
३. बा. ८३ प ३७७३ रातो FZ मो.सा. १ थान ।
४. पिडितको घरबाट उठाएको Supreme लेखिएको ज्याकेट १ थान ।
मिति २०७४।१०।१७ गते ।

30/01/2018
Photos from Metropolitan Crime Division's post 19/01/2018

“ संरक्षित वन्यजन्तु चितुवाको छाला सहित मानिस पक्राउ”
घटना विवरण :
वन्यजन्तु चितुवाको छालाको अबैध कारोवार गर्ने गरेको गोप्य सूचनाको आधारमा संलग्न व्यक्तिहरुको खोजी तथा निग्रानी गर्ने क्रममा मिति २०७४/१०/०४ गते यस महाशाखाबाट खटिएको प्रहरी टोलीले का.जि का.म.न.पा. २२ न्यूरोड स्थित भुगोल पार्कमा जि.बैतडी रूडिदेउला – ५ बस्ने बर्ष २५ को महेशराम औजी समेत तपसिलमा उल्लेखित ब्यक्तिहरुलाई शंका लागी चेकजाच गर्दा निज महेशराम औजी समेतले बिक्री वितरण गर्ने उद्देश्यले बोकी हिडेको ठुलो कलेजी रंगको झोला भित्र पहेलो बोरामा प्याक गरी राखेको अवस्थामा बन्यजन्तु चितुवाको छाला थान-१ सहित पक्राउ गरि निजहरुलाई आवश्यक कानुनी कारवाहीको लागि मिति २०७४/१०/०५ गते जिल्ला वन कार्यालय हात्तिसार काठमाण्डौं पठाईएको ।

पक्राउ अभियुक्तहरु:
१. नाम थर : महेशराम औजी
उमेर : २५ बर्ष
वतन : जि. बैतडी रूडिदेउला – ५ हाल एआरपोर्ट बस्ने ।

२.नाम थर : जनक महरा
उमेर : ३४ बर्ष
वतन : जि. बैतडी दशरथ न.पा. -१२

३. नाम थर : सुरेन्द्र दयाल
उमेर : २५ बर्ष
वतन : जि. बैतडी मेलौली - ५

बरामद दशिका सामानहरु :
१) नेपाली नाम : चितुवा
अंग्रेजी नाम : Leopard
उक्त छाला निजहरुले बैतडीबाट ल्याएको भन्ने खुल्न आएको ।
राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन-२०२९ अन्तर्गत संरक्षित
चितुवाको छाला थान -१ (एक)

धन्यवाद !!!

Photos from Metropolitan Crime Division's post 10/01/2018

"रिकण्डिसनको नाममा सवारी साधन भाडामा लिई करोडौ
ठगी गर्ने व्यक्तिहरु पक्राउ"

घटना विवरण :
काठमाण्डौ पेप्सीकोलामा संचालन गर्दै आएको रामभोले भेईकल सप्लायर्सबाट काठमाण्डौ नयाँबजार बस्ने शिवहरी कार्की र दिनेश सार्कीले ह्येन्डाई i20, स्कर्पियो र सेन्ट्रो समेत ३ वटा कार सवारी साधन प्रत्येकको मासिक १,०५,०००।– भाडा दिने करार गरी लिएकोमा मासिक भाडा नदिई २वडा गाडी वेवारिसे छाडेको १ वटा गाडी बेपत्ता बनाई भागी रु.३७,३५,०००।– ठगी गरी दुवै जना सम्पर्क विहिन भएको भनी पिडितहरुले जाहेरी दिएको ।
निजहरुले अन्य व्यक्तिहरुको सवारी साधन भाडा लिई गाडि तथा भाडा समेत नदिइ करोडौ ठगी गरेको भन्ने बुझिएको हुँदा यस महाशाखाबाट विशेष अनुसन्धानमा खटिएको टोलीले उक्त ठगीजन्य कार्यमा संलग्न रहेका दिनेश कार्की भन्ने दिनेश सार्कीलाई खोजतलासको क्रममा मिति २०७४।०९।२४ गते काठमाण्डौ नयाँबजारबाट पक्राउ गरिएको र शिवहरी कार्कीलाई भक्तपुर कटुञ्जेबाट पक्राउ गरी मुलुकी ऐन ठगी मुद्दामा अनुसन्धान एवं कारवाहीको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट दिन ५ हिरासतमा राख्न म्याद थप भएको ।
उजुरी पर्न आएका अन्य ठगी घटनाहरु :
• चितवन विरेन्द्रनगरकी एक महिलासँग १२,००,०००।– लिई रकम नभएको बैंक खाताको चेक दिएको ।
• काठमाण्डौ टोखा बस्ने अर्की एक महिलासँग रु.३५,००,०००।– लिई रकम नभएको बैंक खाताको चेक दिएको ।
• सिन्धुपाल्चोक चौताराका एक व्यक्तिबाट २०७४ साल वैशाखमा बा १३ च. ५९२३ नं. को स्कर्पियो गाडि मासिक भाडा १ लाख दिने सहमतिमा लिई काठमाण्डौ हाँडीगाउँका दिपक बस्नेतलाई ऐ. जेष्ठ महिनामा रु.२९,००,०००।– मा विक्री गरेको ।
• धादिङका अर्का एक व्यक्तिवाट २०७४ साल असारमा बा.१५ च. ८२७२ नं. को कार मासिक ७५ हजारमा भाडा दिने गरी लगी सवारी साधन सहित सम्पर्क विहिन भएको ।
• त्यसैगरी धनकुटाका अर्का एक व्यक्तिबाट समेत २०७४ साल कार्तिकमा बा. १४ प.२९२७ नं.को स्कर्पियो मासिक १ लाख भाडा दिने गरी लीइ सम्पर्क विहिन भएको ।
साथै निज शिवहरी कार्की र दिनेश कार्की भन्ने दिनेश सार्कीले अन्य व्यक्तिहरुलाई पनि ठगी गरेको भन्ने बुझिएको हुँदा थप अनुसन्धान भईरहेको ।
कानूनी सजायको व्यवस्था :
निजहरु उपर मुलुकी ऐन ठगी महलको दफा ४ अनुसार ५ वर्षसम्म कैद र विगो भराई विगो बमोजिम जरिवाना हुने व्यवस्था रहेको छ ।

पक्राउ परेको व्यक्ति :-
१. नाम :- शिवहरी कार्की
उमेर :- ४१ बर्ष
स्थायी ठेगाना :- जिल्ला काठमाण्डौ तारकेश्वर न.पा.-२ साङ्ला

२. नाम : दिनेश कार्की भन्ने दिनेश सार्की
उमेर : ३५ वर्ष
स्थायी वतन : का.जि.का.म.न.पा.वडा नं.१६ बालाजु माछापोखरी
मिति :- २०७४।०९।२५ गते ।

Culinary Team

Attire