Anup Baral

Anup Baral

Share

Acting, directing, and winging it daily, I started Actors Studio to share what I’ve learned—it’s pure joy watching young artists find their voice.

Photos from Anup Baral's post 30/05/2026

कहिलेकाहीँ Nicolas Cage जस्ता कलाकारका अन्तर्वार्ता सुन्दा बेचैन बनाउँछ। उनीहरूको कुरा सुनेपछि आफ्नै काम, आफ्नै परिवेश र आफ्नै सीमाहरूलाई फेरि एकपटक हेर्न बाध्य भइन्छ।

उनले एक अन्तर्वार्तामा भनेका छन्—

"म सुपरहिरोलाई केवल यथार्थवादी मानिसको रूपमा प्रस्तुत गर्न चाहन्नँ। म त्यसलाई चित्रकलाजस्तै, रंग, शैली, अतिशयोक्ति र विभिन्न कलारूपहरूको मिश्रणको रूपमा प्रस्तुत गर्न चाहन्छु। जस्तै Roy Lichtenstein का Pop Art चित्रहरू टाढाबाट हेर्दा एउटा ठूलो चित्र देखिन्छ, तर नजिकबाट हेर्दा स–साना बिन्दुहरू, रेखाहरू र रंगहरूको संयोजन हुन्छ। त्यसरी नै मेरो अभिनय पनि विभिन्न प्रभावहरूको संयोजन हो—Humphrey Bogart, James Cagney, Bugs Bunny, कमिक बुक र फिल्म नोइर—यी सबै मिलेर एउटा नयाँ चरित्र बन्छ।"

यही ठाउँमा आएर प्रश्न उठ्छ—हामी कहाँ छौं?

हामीकहाँ कलाकार बन्ने इच्छा राख्नेहरू छन्, प्रसिद्धि खोज्नेहरू छन्, काम गरिरहेकाहरू पनि छन्। तर कला र कलाकारिताको सीमालाई धकेल्न चाहनेहरू कति छन्? अभिनय सिक्ने क्रममा चित्रकला पढ्ने, संगीत सुन्ने, वास्तुकला बुझ्ने, दर्शनसँग जुध्ने, साहित्यसँग कुस्ती खेल्ने र ती सबैलाई आफ्नो शरीर र कल्पनाभित्र मिसाएर नयाँ अभिव्यक्ति जन्माउन खोज्नेहरू कति छन्?

हामीकहाँ समस्या प्रतिभाको अभाव होइन, भोकको अभाव हो। गहिराइको भोक। खोजको भोक। आफ्नो विधाभन्दा बाहिर गएर संसारलाई बुझ्ने भोक।

अझ दुःखद कुरा, कहिलेकाहीँ यस्तो भोक भएका मानिसहरू भेटिए पनि तिनलाई साथ दिने संरचना भेटिँदैन। जोखिम लिन तयार निर्देशक भेटिँदैन। कलाकारको पागलपनलाई सम्भावनामा बदल्न सक्ने सहयात्री भेटिँदैन। फलस्वरूप धेरै सपना जन्मिनुअघि नै थाक्छन्, धेरै सम्भावना अभिव्यक्त हुनुअघि नै हराउँछन्।

महान् कला सुविधा र सुरक्षित सोचबाट जन्मिँदैन। त्यो त असन्तुष्ट मानिसहरूको उत्पादन हो। ती मानिसहरूको, जो आफ्नो समयसँग सन्तुष्ट हुँदैनन्। जो सधैं अर्को सम्भावना खोजिरहेका हुन्छन्। जो अभिनयमा चित्रकला देख्छन्, चित्रकलामा संगीत सुन्छन्, संगीतमा कथा भेट्टाउँछन्, र कथाभित्र सम्पूर्ण जीवन देख्छन्।

सायद यही कारणले कहिलेकाहीँ निद्रा लाग्दैन।

किनकि हामीले अझै त्यो कलाकारको प्रतीक्षा गरिरहेका छौं, जो विधाहरूको पर्खाल भत्काएर आउनेछ। त्यो निर्देशकको प्रतीक्षा गरिरहेका छौं, जसले असम्भव देखिएका सपनाहरूलाई रूप दिनेछ।

तर प्रतीक्षा मात्र गरेर त्यो दिन आउँदैन।

त्यो कलाकार कतै जन्मिने होइन, बनाइने हो। त्यो निर्देशक कतैबाट आउने होइन, तयार गरिने हो।

र सायद संघर्ष, अभ्यास, असफलता र निरन्तर खोज—त्यही निर्माण प्रक्रियाको एउटा सानो हिस्सा हो। ❤️ Let's talk about art.

23/05/2026

अविनाश विक्रम शाह द्वारा लिखित तथा निर्देशित फिल्म Elephants in the Fog ले Cannes Film Festival अन्तर्गत ‘Un Certain Regard Jury Prize’ जितेर नेपाली सिनेमालाई विश्व रंगमञ्चमा गर्वका साथ उभ्याएको यस ऐतिहासिक उपलब्धिका लागि सम्पूर्ण टिमलाई हार्दिक बधाई ।
हामी पनि निःसंकोच भन्न सक्छौँ— “यो हाम्रो नेपाली फिल्म हो।”
क्याबात छ टिम! नेपाली सिनेमाको यो सफलता हामी सबैका लागि गर्व, प्रेरणा र उत्सव हो।

Want your public figure to be the top-listed Public Figure in Pokhara?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Hanshadhwani THEATRE , Vc Marg, Nadipr
Pokhara