Disabled Service Centre

Disabled Service Centre

Share

Photos from Disabled Service Centre's post 23/04/2026

आज यस अपाङ्ग सेवा केन्द्र पयौँटार मा रहेका सम्पूर्ण सदस्यहरूका लागि विशेष खुसीको दिन रह्यो। आदरणीय बादल सुनुवार ज्यूको जन्मदिनको सुअवसरमा—यस पटक जन्मतिथि, मिति र बार सबै एकै दिन परेको विशेष संयोगका कारण—उहाँकै तर्फबाट विहानको भोजन कार्यक्रम आयोजना गरी यहाँका सेवाग्राहीहरूलाई आत्मीयताका साथ भोजन गराइएको छ।
बादल सुनुवार ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दै, यस पुण्य कार्यका लागि उहाँप्रति कृतज्ञता प्रकट गर्दछौं। साथै, विशेष रूपमा कर्मभूमिमा रहेर निरन्तर सहयोग गर्दै आउनुभएकी अम्बिका किरात दिदिज्यूलाई पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछौं। उहाँले पटक–पटक यस संस्थालाई सहयोग गर्दै आउनु भएको छ, जसले संस्थाको सेवामूलक कार्यलाई अझ मजबुत बनाएको छ।
नोट: यदि तपाईहरू पनि आफ्नो जन्मदिन, विवाह वर्षगाँठ, वार्षिकी, स्मृति दिवस लगायतका विशेष अवसरहरू यस संस्थामा मनाउन चाहनुहुन्छ भने, तल दिइएको ठेगानामा सम्पर्क गर्न सक्नुहुन्छः
📍 ठेगाना: तार्केश्वर नगरपालिका–६, पयौँटार
📞 फोन: +977-1-5136610
📱 मोबाइल: 9868177403, 9811058392, 9861169691
🏦 बैंक खाता नं.: 0830100000314201
Citizens International Bank, लामबगर शाखा
मानव सेवाभन्दा ठूलो धर्म केही छैन—आउनुहोस्, यस्ता पुण्य कार्यमा हातेमालो गरौँ।

Photos from Disabled Service Centre's post 18/04/2026

अाज यस अपाङ्ग सेवा केन्द्रमा गण्डकी क्षेत्र सेवा समाज टाेखा-३, ढलमल काठमाण्डाैंका प्रतिनिधिहरू अाउनुभई यहाँ रहेकाे सम्पूर्ण अपाङ्गहरूकाे निमित्त सहयाेग स्वरूप नेरू. चाैध हजार (१४०००/-) रकम प्रदान गर्नुभएकाे छ । गण्डकी क्षेत्र सेवा समाज टाेखा-३, ढलमल काठमाण्डाैंका सम्पूर्ण पदाधिकरीहरूलाई धेरै धेरै धन्यवाद ! तपाईहरूकाे यस सहयाेगकाे अपाङ्ग सेवा केन्द्रले उच्च मुल्याङकन गरेकाे छ । धन्यवाद !

अपाङ्ग सेवा केन्द्र परिवार

Photos from Disabled Service Centre's post 06/04/2026

आज यस अपाङ्ग सेवा केन्द्रमा आश्रित व्यक्तिहरूका लागि विशेष मानविय सहयोग प्राप्त भएको छ। न्यूयोर्क निवासी राहेन गुरुङज्यूको शुभ जन्मदिनको पावन अवसरमा उहाँको परिवारको तर्फबाट बिहानको भोजन व्यवस्था गरी मानवीय सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुभएको छ। यस पुनीत कार्यका लागि उहाँ र उहाँको परिवारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।

राहेन गुरुङज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै, उहाँको जीवन सुख, स्वास्थ्य र समृद्धिले भरिपूर्ण रहोस् भन्ने कामना गर्दछौँ।

**सूचना:**
यदि तपाईंहरू पनि आफ्ना जन्मदिन, विवाह वर्षगाँठ, वार्षिकी, स्मृति दिवस जस्ता विशेष अवसरहरू यस अपाङ्ग सेवा केन्द्रमा मनाउन इच्छुक हुनुहुन्छ भने, कृपया तल उल्लेखित ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ।

**सम्पर्क ठेगाना:**
अपाङ्ग सेवा केन्द्र
तार्केश्वर नगरपालिका वडा नं. ६, पयाँटार
फोन नं.: +977-1-5136610
मोबाइल नं.: 9868177403, 9811058392, 9861169691
बैंक खाता नं.: 0830100000314201
बैंक: Citizens International Bank, लामबगर शाखा

👉 मानव सेवामा तपाईंको सानो सहयोग पनि ठूलो परिवर्तनको आधार बन्न सक्छ।

Want your organization to be the top-listed Non Profit Organization in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Tarkeshwor-6, Paiyutar
Kathmandu
-

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 10:00 - 16:00
Sunday 09:00 - 17:00