Madan Kumar
09/04/2026
लुम्बिनीका सांसद कृष्णा कुश्मा थारुले जब जंगल फाँ'डिदिने चेतावनी दिइन्...
बर्दिया कूल जनसंख्याको आधाभन्दा बढी थारूहरूको बसोबास छ। बर्दिया राष्ट्रिय निकुञ्ज आसपास थारू गाउँहरू नै पर्दछ। पछिल्लो समय बर्दियाली नागरिकहरू वन्यजन्तुको आक्रमणमा पर्दै आएका छन्। त्यहाँका बासिन्दाहरू आफ्नै गाउँ-घर, खेत-बारीमा पनि वन्यजन्तुको सिकार हुनुपरेको छ। त्यसैले होला स्थानीय, प्रदेश र संघमा पनि यसको बहस दिनहुँ हुने गरेको छ। बर्दियाका सांसदहरू संघमा ठाकुर सिंह थारु र प्रदेशमा सांसद राजकुमार चौधरी, सन्जु चौधरीलगायत पनि आवाज उठाए।
लुम्बिनी प्रदेशसभाको आजको बैठकमा भने नेकपाकी सांसद कृष्णा कुश्मा थारूले कडा नै चेतावनी दिइन्। वन्यजन्तुको आक्रमण यसैगरी बढ्दै जाने र सरकारहरू रमिते बन्दै जाने हो भने त्यहाँका जनताहरु वन फाँडेर बाघ मार्ने उनले चेतावनी दिइन्। नेपालको संविधानले नै स्वतन्त्रपूर्वक बाँच्ने अधिकार दिएको भन्दै उनले हप्तैपिच्छे बा'घले मान्छे'माथि आ,क्रमण गरिरहेको बताइन्। आफ्नै घर, खेत, बाटोघाटोमा पनि नागरिकहरू सुरक्षित नरहेको उनको भनाइ छ।
भिडियो कमेन्टमा
09/04/2026
१४ दिन पनि टिकेनन् श्रममन्त्री दीपककुमार साह। श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा निष्क्रिय रहेको पद सक्रिय बनाएपछि उनी विवादमा तानिएका थिए। रास्वपा सभापति रवि लामिछानेको सिफारिसमा बिहीबार प्रधानमन्त्री बालेन शाहले उनलाई पदमुक्त गरेका छन्।
श्रीमतीको नियुक्ति वि'वादमा परेपछि १४ दिनमै श्रममन्त्री दीपक साह पदमुक्त
07/04/2026
कांग्रेस लुम्बिनी प्रदेशकी सांसद सन्जु चौधरी उदीयमान थारू नेतृ हुन्। कोहलपुर नगरपालिकाको उपप्रमुख निर्वाचित भएपछि उनी राष्ट्रिय राजनीतिमा पनि चिनिएकी थिइन्। स्थानीय तहमा राम्रो काम गरेरै होला कांग्रेसले उनलाई समानुपातिकमार्फत सांसद बनायो।
सदनमा बेलाबखत समग्र विकास र थारु समुदायको समेत मुद्दा उठाउँदै आएकी उनी यसपटक भने नराम्रोसँग चिप्लिएकी छन्। संसद सचिवालयबाट पाउने सुविधा उनले लिखित वा मौखिक सचिवालयमै गरे पनि हुन्थ्यो। तर, संसदकै रेकर्डमा बस्ने गरी उनले आफ्ना लागि भनिएको कोट/ड्रेस दिलाउन पाउँ भनी सभामुखसँग माग गरिन्।
आफ्नो अधिकारका लागि आवाज उठाइन्, राम्रो पनि होला। तर, जेनजी आन्दोलनपछि सुशासन र मितव्ययिताको चर्को बहस भइरहेका बेला सदनमै 'मेरो कोट खै' भनेर प्रश्न गरेको सुहाएन।
भिडियो कमेन्टमा
Click here to claim your Sponsored Listing.