Seto Press
01/03/2026
‘विभेद हटाउँछु भनेर कोही उम्मेदवार आएनन्’
काठमाडौँ, फागुन १७ गते। बाग्लुङ नगरपालिका–७ की सीता किसानको घरमा अनेक थरी वाचा गर्दै मत माग्ने धेरै उम्मेदवार आए । हातमा पर्चा थमाउँदै, नमस्कार गर्दै थुप्रै पार्टीका उम्मेदवारमध्ये कसैले रोजगारी दिन्छु भने, कसैले विकासका वाचा पनि गरे । सीताको समस्या भने अर्कै छ, जातीय पहिचनकै कारण उहाँको घरमा भएको दुहुनु भैँसीको दुध बिक्दैन । त्यसैले उहाँ आफूले पालेको भैँसीको दुध मात्रै बेच्न पाएँ घरमै बसेर दुई चार रुपैया आम्दानी हुने चाहना राख्नुहुन्छ, तर कसैले पनि सीताको यो चाहना बुझ्ने प्रयास गरेका छैनन् ।...
‘विभेद हटाउँछु भनेर कोही उम्मेदवार आएनन्’ काठमाडौँ, फागुन १७ गते। बाग्लुङ नगरपालिका–७ की सीता किसानको घरमा अनेक थरी वाचा गर्दै मत माग्ने धेरै उम्मेदवार आए ....
01/03/2026
इरानको आक्रमणमा परी युएईमा एक नेपालीको मृत्यु, पहिचान खुल्न बाँकी
काठमाडौँ, फागुन १७ गते । इरानले हिजो गरेको आक्रमणमा परी संयुक्त अरब इमिरेट्स, युएईमा एकजना नेपालीको ज्यान गएको छ । यस विषयको जानकारी युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले दिनुभएको छ । हिजो भएको सो आक्रमणमा परेर एक पाकिस्तानी, एक बंगलादेशी र एकजना नेपालीको ज्यान गएको जानकारी युएईको रक्षा मन्त्रालयले आज एक विज्ञप्तिमार्फत् दिएको बताइएको छ । तर ती नेपालीको पहिचान भने खुलेको छैन ।...
इरानको आक्रमणमा परी युएईमा एक नेपालीको मृत्यु, पहिचान खुल्न बाँकी काठमाडौँ, फागुन १७ गते । इरानले हिजो गरेको आक्रमणमा परी संयुक्त अरब इमिरेट्स, युएईमा एकजना नेपालीको ज्यान गएको छ ।...
01/03/2026
दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न प्रहरीलाई प्रशासनको अनुमति
काठमाडौं, फागुन १७ गते । नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्राप्त भएको छ । आज विहानमात्रै आफ्नो निवास भक्तपुरबाट पक्राउ परेका प्रसाईंलाई प्रशासनले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । अब प्रसाईं २१ फागनुको निर्वाचनसम्म हिरासतमा नै हुने भएका छन् । उनलाई भक्तपुरमा नै राखिएको छ ।
दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न प्रहरीलाई प्रशासनको अनुमति काठमाडौं, फागुन १७ गते । नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा ...
01/03/2026
काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र
काठमाडौँ, फागुन १७ गते ।यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबैभन्दा धेरै १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ । दस वटा निर्वाचन क्षेत्रमा तीन लाख ६४ हजार महिला, तीन लाख ४६ हजार ११६ पुरुष, र अन्य सात गरी कूल सात लाख १० हजार ७०८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौँका सूचना अधिकारी सृजना रायमाझीले जानकारी दिनुभयो ।...
काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र काठमाडौँ, फागुन १७ गते ।यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबैभन्दा धेरै १० वटा निर्वाचन क.....
01/03/2026
ओलीको चुनावी प्रचारमा स्कुटरमा योगेश भट्टराई, अध्यक्ष ओलीले हार्दा देशले हार्नेछ
दमक, फागुन १७ गते । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराई अध्यक्ष केपी शर्मा ओलीको चुनावी प्रचारमा उत्रिएका छन् । उनले आगामी निर्वाचनमा एमाले र अध्यक्ष केपी शर्मा ओलीले हार व्यहोर्नु परे देशले नै हार भोग्नुपर्ने बताएका छन् । झापाको कमल गाउँपालिकामा आइतबार आयोजित मोटरसाईकल र्यालीको उद्घाटनका क्रममा उहाँले आगामी निर्वाचनबाट राष्ट्रवादी शक्तिलाई विजयी गराउन आग्रह गरेका हुन् । अहिले राष्ट्रवादी शक्तिको नेतृत्व एमालेले गरिरहेको र एमालेको नेतृत्व केपी शर्मा ओलीले गरेकाले एमाले र अध्यक्ष ओलीको जीत जरूरी रहेको उपमहासचिव भट्टराईले बताए । झापाले नेपाली कम्युनिष्ट आन्दोनलाई पुनर्जीवन दिएको उल्लेख गर्दै झापाले राष्ट्रवादी शक्तिलाई निर्वाचित गराई देशव्यापी सन्देश दिनेमा आफु ढुक्क र विश्वस्त रहेको उनले बताए । झापा क्षेत्र नम्बर ५ अन्तर्गतको कमल गाउँपालिका वडा नम्बर ७ को गेउरीयामा आयोजित सभामा उहाँले यस क्षेत्रमा भएको विकासको मोडल देशकै लागि नमूना रहेको समेत बताए ।...
ओलीको चुनावी प्रचारमा स्कुटरमा योगेश भट्टराई, अध्यक्ष ओलीले हार्दा देशले हार्नेछ दमक, फागुन १७ गते । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराई अध्यक्ष केपी शर्मा ओलीको चुनावी प्रचारमा उत्रिएका छन्...
01/03/2026
मतदाता शिक्षामा २५ करोड खर्च, कति घट्ला बदर मत?
काठमाडौं, फागुन १७ गते । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि गत फागुन ३ गतेबाट सञ्चालन गरेको मतदाता शिक्षा आज सकिँदैछ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम गत फागुन ३ गतदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको थियो । २५ करोड लगानी गरेर बदर मत घटाउने उद्देश्यका साथ देशभर मतदाता शिक्षा सञ्चालन गरेको हो । निर्वाचन आयोेगका अनुसार भोली राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । दलहरूले सोमबार रातिसम्म मात्र जुलुस, आमसभा र प्रचार प्रसारका कार्यक्रम गर्न पाउनेछन् ।
मतदाता शिक्षामा २५ करोड खर्च, कति घट्ला बदर मत? काठमाडौं, फागुन १७ गते । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि गत फागुन ३ गतेबाट सञ्चालन गरेको मतदाता शि.....
01/03/2026
फर्किएनन् मतदाता, उघ्रिएनन् घरका ढोका
बाजुरा, फागुन १७ गते ।बाजुराका अधिकांश मतदाता यतिबेला रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँमा बसोबास गरिरहेका छन्। हिउँदको समयमा रोजगारीका लागि भारत गएका मतदाता गाउँमा चुनावी चहलपहल बढे पनि अझै फर्किएका छैनन्। बुढीगंगा नगरपालिका–१० बदेडाका स्थानीय कालु सार्कीले गाउँमा जीविकोपार्जनका लागि पर्याप्त काम नपाएपछि आफू रोजगारीका लागि भारत गएको बताउनुभयो। उहाँले भन्नुभयो, “गत वर्ष गाउँमा घर बनाएको थिएँ। अहिले त्यो ऋण तिर्नका लागि परिवारसहित भारतमा आएका छौं।”...
फर्किएनन् मतदाता, उघ्रिएनन् घरका ढोका बाजुरा, फागुन १७ गते ।बाजुराका अधिकांश मतदाता यतिबेला रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँमा बसोबास गरिरहेक...
01/03/2026
राष्ट्र बैंकले आइतबार एक खर्ब १० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै
काठमाडौँ, फागुन १७ गते । आइतबार नेपाल राष्ट्र बैंकले एक खर्ब १० अर्ब रूपैयाँ निक्षेप सङ्कलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता भएपछि राष्ट्र बैंकले ८७ दिनको लागि निक्षेप सङ्कलन गर्न लागेको हो। बोलकबोलको माध्यमबाट हुने निक्षेप सङ्कलनको सावाँब्याज राष्ट्र बैंकले २०८३ जेठ १३ गते भुक्तानी गर्ने जनाएको छ । निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।
राष्ट्र बैंकले आइतबार एक खर्ब १० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै काठमाडौँ, फागुन १७ गते । आइतबार नेपाल राष्ट्र बैंकले एक खर्ब १० अर्ब रूपैयाँ निक्षेप सङ्कलन गर्ने भएको छ । बैंक तथ.....
01/03/2026
हिमपातले यातायात सेवा अवरुद्ध भएपछि चार मतदान केन्द्रमा हेलिकप्टरबाट निर्वाचन समाग्री ओसारिँदै
अदानचुली (हुम्ला), फागुन १७ गते । हुम्लाका चारवटा मतदान केन्द्रमा खटिएका कर्मचारी र मतपत्रलगायतका सामग्री हेलिकप्टरबाट ढुवानी हुने भएको छ । नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको भृकुटी आधारभूत विद्यालय जाङ, सुनखानी आधारभूत विद्यालय हल्जी, हिमशिखर आधारभूत विद्यालय तील सोही गाउँपालिका–४ को हिमालय आधारभूत विद्यालय चाला मतदान केन्द्रमा निर्वाचनमा खटिएका कर्मचारी र मतपत्रलगायतका सामग्री हेलिकप्टरबाट ढुवानी हुने भएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले जानकारी दिए ।...
हिमपातले यातायात सेवा अवरुद्ध भएपछि चार मतदान केन्द्रमा हेलिकप्टरबाट निर्वाचन समाग्री ओसार अदानचुली (हुम्ला), फागुन १७ गते । हुम्लाका चारवटा मतदान केन्द्रमा खटिएका कर्मचारी र मतपत्रलगायतका सामग्री हेलिकप...
01/03/2026
ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य
काठमाडौं, फागुन १७ । नेपाली बजारमा सुनको मूल्यमा पाँच हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आज सुनको मूल्य तीन लाख २० हजार ५०० रुपैयाँ पुगेको छ। शुक्रबार सुन प्रतितोला तीन लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदी प्रतितोला पाँच हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि पाँच हजार ७४० रुपैयाँ रहेको थियो। दुई दिनमा चाँदी प्रतितोला २४५ रुपैयाँले वृद्धि भएको महासंघले जानकारी दिएको छ।
ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य काठमाडौं, फागुन १७ । नेपाली बजारमा सुनको मूल्यमा पाँच हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महा.....
भ्रम फैलने भिडियो र तस्बिर सार्वजनिक नगर्न दूताबासको आग्रह
काठमाडौँ, फागुन १७ गते । यूएईमा विकसित घटनाबारे पुष्टि नहुने भिडियो र तस्बिर सार्वजनिक नगर्न अबुधाबीस्थित नेपाली राजदूताबासले सचेत गराएको छ । दूताबासले अपील प्रकाशन गर्दै अहिले युएईमा विकसित भइरहेको परिस्थितिका सन्दर्भमा सामाजिक सञ्जाल प्लेटफर्म वा अन्य कुनै पनि प्राविधिक माध्यममार्फत अज्ञात स्रोतबाट आएका हल्ला तथा आधिकारिक रूपमा पुष्टि नभएका सामग्री प्रकाशन वा प्रसारण नगर्न र सुरक्षा स्थितिबारे भ्रम फैलिने मनसायको सन्देश प्रवाह नगर्न आग्रह गरेको हो ।...
भ्रम फैलने भिडियो र तस्बिर सार्वजनिक नगर्न दूताबासको आग्रह काठमाडौँ, फागुन १७ गते । यूएईमा विकसित घटनाबारे पुष्टि नहुने भिडियो र तस्बिर सार्वजनिक नगर्न अबुधाबीस्थित नेपाल....
01/03/2026
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
काठमाडौँ, फागुन १७ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २५, आलु रातो (भारतीय) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३७ रहेको छ ।...
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य काठमाडौँ, फागुन १७ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरे.....
Click here to claim your Sponsored Listing.
Contact the business
Website
Address
Kathmandu
977