Routine Of Bagmati

Routine Of Bagmati

Share

Photos from Routine Of Bagmati's post 08/07/2026

तारकेश्वर नगरपालिका वडा नं. ३ मा हाईमास्ट (High Mast) बत्ती जडान गर्ने कार्य सम्पन्न भएको छ।

नगरप्रमुख कृष्णहरि महर्जन, प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल तथा वडा नं. ३ का वडाध्यक्ष परशुराम अर्यालको समन्वय र नेतृत्वमा सम्पन्न भएको यस योजनाले रातिको समयमा सडक तथा सार्वजनिक स्थानमा उज्यालो बढाई स्थानीयवासीको आवतजावतलाई सुरक्षित र सहज बनाउने अपेक्षा गरिएको छ।

स्थानीयवासीको लामो समयदेखिको मागअनुसार जडान गरिएको हाईमास्ट बत्तीले सार्वजनिक सुरक्षामा सहयोग पुग्नुका साथै दुर्घटना र अवाञ्छित गतिविधि न्यूनीकरणमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।

नगरपालिकाले आवश्यकताका आधारमा अन्य वडाहरूमा पनि यस्ता पूर्वाधार विस्तार गर्दै नगरलाई सुरक्षित, व्यवस्थित र उज्यालो बनाउने अभियानलाई निरन्तरता दिने जनाएको छ।

fans

08/07/2026

प्रधानमन्त्री बालेन्द्र शाहले उद्योगी व्यवसायीहरूसँगको भेटमा भन्नुभयो: "उद्योगी तथा व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य होइन। सरकारको मुख्य उद्देश्य ‘देश बनाउने’ हो र त्यसमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहन्छ। देश बनाउन निजी क्षेत्रको ठूलो भूमिका हुन्छ, त्यसो हुँदा सरकारले निजी क्षेत्रलाई साथ नै लिएर अघि बढ्छ। निजी क्षेत्रका समस्या सरकारले समाधान गर्छ, के समस्या छन्, स्पेसिफिक भएर ल्याउनुस्, तिनलाई सरकारले समाधान गर्छ।"

08/07/2026

सांसद डा.तोशिमा कार्की जनतालाई प्रश्न गर्छिन् - "यसपटक स्वास्थ्य बीमा क-कसले रिन्यु गर्नुभएन र किन ? के सुधार भयो भने रिन्यु गर्नुहुनेछ ?

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Kathmandu