insidenepal.com
07/06/2026
अब्बल महिला मन्त्री — अहिलेको मन्त्रीमण्डलमा सायद कुनै चर्चा नखोजी काम र जिम्मेवारीलाई निरन्तर निभाईरहको मन्त्री हुन्, प्रतिभा रावल ।
प्रतिभा आफैमा संघर्षले उदाएको महिला हुन् । पाँच वर्षकै उमेरमा आफ्नो बुवा गुमाएको प्रतिभाको लालनपालन र पढाइ उनको आमाले गरेको थिइन् । उनको लागि आमा नै पहिलो प्रेरणा बनिन । एउटी महिलाको संघर्षलाई भोगेर हुर्कन पाइन् ।
सुदुरपश्चिम जस्तो विकट क्षेत्र, उपचार र रोजगारीको लागि भारतमा निर्भर हुनुपर्ने अवस्था र पत्रकारिता मार्फत देशको अवस्थालाई निकै धेरै नजिकबाट चिन्न सकेको प्रतिभाले त्यसको समाधान गर्नको लागि नै राजनीति रोजेको थिइन्, र आज भूमि व्यवस्था तथा सामान्य प्रशासन मन्त्रीसम्म बन्न सकिन ।
झन्डै अढाई महिनाको कार्यकालमा उनको नेतृत्वमा निकै धेरै सुधारका कामहरू भए, उनले पदवहाली भएपश्चात तत्काल विचौलिया मुक्त मालपोतको लागि अभियान सुरु गरिन । मालपोत र नापीमा अभूतपूर्व सुधारका कामहरू सुरु भए ।
मालपोत नामलाई भू-सेवा केन्द्र बनाएर स्थानीय तहबाटै सेवा लिन सकिने बनाइन । नापी सेवाको लागि मेरो कित्तालाई आधुनिक र प्रविधी युक्त बनाएर छुट्टै मोबाइल एप सार्वजनिक गरिन । उनकै नेतित्वमा बाचा गरे अनुसार निकै जटिल मानिएको सहकारी समस्याको समाधानको लागि 'रिभोल्विङ फन्ड' स्थापना गरी ३७८ जना बढीको बचत रकम फिर्ता गर्ने काम सुरु गरिन ।
उनले कर्मचारीलाई दिएको स्पष्ट संदेश छ, "मन्त्रीलाई होइन, सेवाग्राही खुसी पारौं" । यी सबै उनले चर्चा पाउन गरेको देखिदैन । उनलाई लोकप्रियताको रहर होइन बरू कामप्रतिको जिम्मेवारी बोध भएको देखिन्छ ।
एउटी महिलाले पनि उत्कृष्ट काम गर्न सक्छ भन्ने उदाहरण हुन्, प्रतिभा रावल । हामीलाई उनि जस्तै महिला नेतृत्वको अझ धेरै आवश्यकता छ ।
07/06/2026
भारत भ्रमणका क्रममा भारतीय पत्रकारहरूलाई परराष्ट्रमन्त्री शिशिर खनालको प्रष्ट जवाफ -
🔹लिपुलेक-लिम्पियाधुरा हाम्रो भूमि हो, नेपाललाई नसोधी भारत र चीनले आपसमा सहमति गर्न सक्दैनन्।
🔹 भारतसँगको सीमा विवादमा बेलायतको मध्यस्थता होइन, त्यहाँ रहेका ऐतिहासिक कागजातमा पहुँच खोजिएको ।
06/06/2026
यो सानो बाबु को होला चिन्नुभयो त ? 😮
Click here to claim your Sponsored Listing.