Pharap Rumba Tamang
"म एक सामाजिक अभियन्ता हुँ । मेरो ध्येय कुनै सिंहासन होइन, न त म ठूला पद वा नेताको लोभमा छु । म त आम नेपाली जनतामाझ फैलाइएको भ्रम चिर्ने र चेतनाको प्रकाश फैलाउने यात्रामा छु । भ्रमबाट मुक्त समाज निर्माण नै मेरो आन्दोलन हो । यो अभियान पदको होइन, सचेतनाको हो । व्यक्तिकेन्द्रित होइन, जनकेन्द्रित हो । म नेतृत्व होइन, जनसचेतनाको संवाहक बन्न चाहन्छु । म नेताको भीडमा होइन, जनताको बीचमा उभिन चाहन्छु - सच
21/01/2026
मार्क्सले भनेका थिए ; “शासक वर्गका विचारहरू नै प्रत्येक युगका शासक विचार हुन्छन ।"
आज नेपालमा शासक वर्गको विचार के हो ? घण्टा लाइभ, लाइक र लम्पट लोकप्रियता । किनकि नेपालमा अहिले कुनै नयाँ राजनीतिक चेतना जन्मिएको छैन । यहाँ जन्मिएको छ ; घण्टे ग्याङ । यो ग्याङ कुनै स्वत: स्फुर्त होइन, यो पुँजीवादी डिजिटल बजारले उत्पादन गरेको राजनीतिक मसखरापन हो ।
फेसबुक र टिकटकमा भाइरल हुनेहरू आज उम्मेदवारी टिकट पाउँछन । किन ? किनकि पुँजीलाई अब वैचारिक नेता चाहिदैन, ध्वनि निकाल्ने पात्र चाहिन्छ । जो जनतालाई सोच्न नदियोस, केवल प्रतिक्रिया दिन बाध्य बनाओस । यी इन्फ्लुएन्सरहरू जनताको प्रतिनिधि होइनन, यी त पुँजी र सत्ताबीचका डिजिटल दलाल हुन । मार्क्सवादी भाषामा भन्नुपर्दा यी लम्पट पुँजीको राजनीतिक जोकर हुन ।
आजको नेपाल कुन इतिहासको जगमा उभिएको छ ? यिनलाई थाहा छैन । किनकि इतिहास जान्नु वर्गसंघर्ष बुझ्नु हो । र वर्गसंघर्ष बुझ्ने मान्छे घण्टा बजाएर राजनीति गर्दैन । राणा विरोधी आन्दोलन, जनयुद्ध, शहिदहरूको बलिदान, यी सबैलाई "पुरानो कथा” भनेर खारेज गरिन्छ । किनकि इतिहास सम्झियो भने जनताले सोध्न थाल्छ ; “यो सत्ता कसको हो ?"
हो, म भन्छु ; यिनिहरुलाई मौका दिनु पर्छ । एक पटक यिनिहरु सबैले चुनाव जितुन । सरकार बनाउन । राज्य चलाउन । किनकि जब अविवेकी वर्ग सत्तामा पुग्छ, त्यसको असली चरित्र छिट्टै नाङ्गिन्छ । लेनिनले भनेझै “क्रान्ति भनेको राज्यसत्ताको वास्तविक अनुहार देखिने क्षण हो।” घण्टे ग्याङ सत्तामा पुगेपछि जनताले बुझ्नेछन, घण्टा बजाएर पेट भरिदैन ।
नेपालको जनचेतना शान्त भाषणले खुल्दैन । यो दुखद सत्य हो । युक्रेन युद्धले देखायो, राज्य खेल होइन । सत्ता गल्ती गर्नेहरूका लागि निर्दयी शिक्षक हो । जब संकट आउँछ, तब जनताले बुझ्छ ; राजनीति मनोरञ्जन होइन, जीवन-मरणको प्रश्न हो । नेपाल पनि यस्तै चेतनाको चरणतिर हिड्दै छ । घण्टे मुर्खता र जनताको चेतनाको पतनको दिसातिर ।
घण्टे ग्याङ समस्या होइन, यो लक्षण हो । समस्या हो, पुँजीवादी राज्य, उपभोक्तावादी संस्कृति, र वैचारिक नेतृत्वको पतन । यसको समाधान नयाँ अनुहार होइन, नयाँ वर्गीय चेतना हो । क्रान्ति लाइकबाट हुँदैन, लाइभबाट पनि हुँदैन, क्रान्ति संगठित वर्गसंघर्षबाट हुन्छ । तर नेपालको जनचेतना अचम्मको छ । घर जलेपछि मात्र आगो देख्छ । देश डुबेपछि मात्र डुङ्गा खोज्छ ।
युक्रेन युद्ध टेलिभिजनमा हेर्दा “हाम्रोमा यस्तो नहोस” भन्छ, तर आफ्नै देशमा राज्य चलाउने जिम्मा इन्फ्लुएन्सरलाई दिन तयार हुन्छ । जब राज्य गम्भीर खेल हो भन्ने कुरा गोली, भोक, विस्थापन र लासको मुल्यमा मात्र बुझिन्छ, त्यतिबेला चेतना खुल्नेछ ।
सायद, त्यसैले देश “युक्रेन” नबनेसम्म हाम्रो चेतना घण्टाकै तालमा नाचिरहनेछ ।
उज्यालो बल्बबाट आयो कि पार्टी कार्यालयको झ्यालबाट ?
कुलमान कामले चम्कियो, नारा र भाषणले होइन ।
तर यहाँ रोग पुरानै छ ।
ए होइ ... !
आफ्नै विर्यबाट जन्मिएको छोरो त ठुलो भएपछि बुबाको हुकुम मान्दैन भने छाडिदेउ कुलमानको कुरा ।
के भो त ! छोराले देश उज्यालो बनायो, बुबाले लोडसेडिङ अन्त्यको श्रेय सुरु गर्यो ।
काम गर्ने त आफ्नै बलबुतामा उभिन्छ, तर असफल अभिभावकहरू इतिहास अपहरण गरेर “यो त मेरै थियो” भन्दै नहिड न हौ ।
😁
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu