Hulak Post
22/05/2026
राज्यव्यवस्था समिति सभापतिकाे मिडियालाई बाहिर राख्ने निर्णयमा आपत्ति जनाउँदै कांग्रेसका निश्कल राई, एमालेका माे.इस्तियाक राई र रास्वपाकै अमरेश सिंहले बैठक बहिष्कार गरेका छन् । समिति सभापति रास्वपाका हरि ढकाल छन् ।
21/05/2026
१०ओैं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अविलम्ब घोषणा गर्न माग काठमाडौं : नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अविलम्ब घोषणा गरी...
21/05/2026
दिल निशानी मगर लेख्छन्-
प्रधानमन्त्री बालेन्द्र साहलाई नेपाली जनताको सार्वभौम संसदमा बोलाएको हो। बालाजु बसपार्कतिरको कुनै दोहोरी साँझमा बोलाएको हैन। हर्क साम्पाङले आफ्ना प्रश्नहरूको जवाफ प्रधानमन्त्रीसँग मागेका हुन्, कुनै फेन्सी दोकानको मालिकसँग उधारो सर्ट–पाइन्ट मागेका हैनन्। हुन त आजभोलि हरेक प्रश्नको जवाफ च्याटजिपिटीले दिने गरेको छ। तर जवाफ दियो भन्दैमा च्याटजिपिटीलाई नै देशको प्रधानमन्त्री मान्न सकिँदैन।
यदि व्यक्तिगत स्वार्थ नै चाहने हो भने, बालेनसँग भेट्न, काँध जोडेर फोटो खिच्न र ग्वाम्मै अँगालो हालेर चोचोमोचो मिलाउन हर्क साम्पाङलाई कुनै तिथिमिति जुराउनु पर्दैन। तर संगीत बिनाको गीत, माझी बिनाको डुङ्गा र प्रधानमन्त्री बिनाको संसद बैठकको कुनै अर्थ रहँदैन भन्ने कुरा हर्क साम्पाङलाई थाहा छ। काम गरे पुग्छ, भाषण किन गर्नु पर्यो भन्नेहरू पनि छन्। त्यसो हो भने संसद बैठक पनि किन आयोजना गर्नु पर्यो? रास्वपाका माननीयहरूको बौद्धिकता टिकटक लाइभमा हेरिएकै छ, यिनको देश निर्माणको योजना युट्युबमा सुनिएकै छ।
आफूले मत दिएर प्रधानमन्त्री बनाएको बालेनलाई संसदमा खोज्नुपर्ने त रास्वपाकै माननीयहरूले हो। तर एकबारको जुनीमा सपनामा पनि नचिताएको पद तिनीहरूलाई गुमाउनु छैन। त्यसैले तिनीहरूले हर्क साम्पाङलाई निलम्बनको धम्की दिँदैछन्। कुनै अन्तर्राष्ट्रिय महिलालाई गैरकानुनी भुँडी बोकाउँदा निलम्बन हुनु पर्दैन, एसपीलाई धिसार्छु भन्दा निलम्बन हुनु पर्दैन, खुलेआम ऐलानी जग्गामा घर बनाएको छु भन्दै गर्जिँदा निलम्बन हुनु पर्दैन। तर लोकतान्त्रिक राज्यमा प्रधानमन्त्रीको खोजी संसद बैठकमा गर्दा निलम्बन हुनुपर्छ भने, हर्क साम्पाङ त्यसको लागि पनि तयार हुनुपर्छ।
महिला मामनयीहरुको अगाडी शरीरको लुगा खोलेर घ्याम्पो जत्रो पेट देखाउनेहरू, गर्धनमा निलो खादा ओढेर किसिम-किसिमका उत्तेजक पोजिशनमा नाराबाजी गर्नेहरु सामान्य प्लेकार्ड देख्दा झरी पर्दाको बिजुलीको हाईटेन्सनझैँ चम्किनु पर्दैन।
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Address
Kathmandu
44600