Nagarik Boli
"नागरिक बोली तपाईं हामी बिश्वभरका नेपाली नागरिकको बोली" Nagarik Boli " नागरिक सँगै सधैं "संसारभरका नेपाली एकजुट हौँ ।
11/07/2026
📢 साइप्रसमा रहेका नेपालीहरूका लागि अत्यन्त जरुरी सूचना 🇳🇵🇨🇾
गत ३१ मे र १ जुन २०२६ मा नेपाली राजदूतावास, तेल अभिव, इजरायलबाट साइप्रस आएको टोलीमार्फत राहदानी नवीकरणका लागि आवेदन दिनुभएका नेपाली नागरिकहरूको नयाँ राहदानी (पासपोर्ट) साइप्रस आइपुगेको छ।
साथै, यसअघि पूर्व अवैतनिक वाणिज्यदूतको कार्यालय बन्द हुनुअघि राहदानी नवीकरणका लागि आवेदन दिनुभएका व्यक्तिहरूमध्ये तयार भएर आएका राहदानीहरू पनि वितरणका लागि उपलब्ध छन्।
📍 राहदानी बुझ्ने स्थान:
71 Stavrou Avenue, Strovolos 2035, 1st Floor, Nicosia
⏰ राहदानी बुझ्ने तथा फोन सम्पर्क गर्ने समय:
सोमबारदेखि शुक्रबारसम्म
बिहान ११:०० बजेदेखि दिउँसो १:०० बजेसम्म मात्र
📞 सम्पर्क नम्बर:
99666401
96856513
⚠️ महत्त्वपूर्ण: नयाँ राहदानी लिन आउँदा आफ्नो पुरानो राहदानी (पासपोर्ट) अनिवार्य रूपमा साथमा लिएर आउनुहोला।
🙏 यो सूचना सम्बन्धित व्यक्तिसम्म पुर्याउन पोस्ट शेयर गरिदिनुहोला।
नागरिक बोली | जनताको आवाज
🇳🇵🇨🇾
11/07/2026
उत्कृष्ट पाककला र आतिथ्य सेवाका लागि अनिल कुँवरलाई ‘इन्टरनेशनल डायमण्ड सेफ अवार्ड २०२६’
लखनउ, भारत — पाककला तथा आतिथ्य सेवाको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउँदै आएका एक्जिक्युटिभ सेफ अनिल कुँवर प्रतिष्ठित ‘इन्टरनेशनल डायमण्ड सेफ अवार्ड २०२६’ (International Diamond Chef Award 2026) बाट सम्मानित भएका छन्।
भारतको उत्तर प्रदेशस्थित लखनउमा कार्यरत कुँवरलाई खाना पकाउने कला (कुकिङ) तथा आतिथ्य सेवाको क्षेत्रमा पुर्याएको उत्कृष्ट योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो।
अवार्ड प्रमाणपत्रमा “Excellence Work in the Field of Cooking and Hospitality” उल्लेख गर्दै उनको पाककला क्षेत्रको योगदानलाई सम्मान गरिएको छ। सार्वजनिक रूपमा उपलब्ध विवरणमा पनि अनिल कुँवरलाई लखनउ, उत्तर प्रदेशका एक्जिक्युटिभ सेफका रूपमा उल्लेख गरिएको छ।
लामो समयदेखि पाककला क्षेत्रमा सक्रिय कुँवरको यो उपलब्धिले सेफ तथा आतिथ्य क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई थप प्रेरणा प्रदान गरेको छ। उनले प्राप्त गरेको अन्तर्राष्ट्रिय सम्मानलाई उनको मेहनत, सीप र व्यावसायिक समर्पणको उपलब्धिका रूपमा हेरिएको छ।
अनिल कुँवरलाई ‘इन्टरनेशनल डायमण्ड सेफ अवार्ड २०२६’ प्राप्त गरेकोमा हार्दिक बधाई तथा आगामी यात्राका लागि शुभकामना।
— नागरिक बोली
11/07/2026
🎉 हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना 💐
किरात राई यायोक्खा शाखा साइप्रसको चौथो महाधिवेशनबाट गोमा थुलुङको अध्यक्षतामा नवनिर्वाचित सम्पूर्ण कार्यसमिति तथा सल्लाहकारज्यूहरूलाई नागरिक बोली टिमको तर्फबाट हार्दिक बधाई तथा सफल, सुखद र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गर्दछौँ। 🙏
“हाम्रो संस्कृति, हाम्रो पहिचान—बाँचौँ अनि बचाऔँ” भन्ने अभियानका साथ अघि बढिरहेको किरात राई यायोक्खा शाखा साइप्रसले आगामी दिनमा पनि आफ्नो मौलिक भाषा, संस्कार, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा अझ प्रभावकारी भूमिका निर्वाह गरोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौँ।
नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरूको कार्यकाल सफल रहोस्। 💐
शुभकामना सहित,
नागरिक बोली टिम
नागरिकसँग सधैँ ❤️
#हार्दिक_बधाई
10/07/2026
गणेश नेपालीको मृत्युपछि माइतीघरमा प्रदर्शन, न्यायको माग गर्दै सरकारविरुद्ध नाराबाजी
काठमाडौं, असार २६।
राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि न्यायको माग गर्दै शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। प्रदर्शनमा सहभागी युवाहरू तथा सर्वसाधारणले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र सरकारलाई जिम्मेवार बनाइनुपर्ने माग गरेका छन्।
प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले विभिन्न नारासहित प्लेकार्ड बोकेर सरकारविरुद्ध विरोध जनाएका थिए। माइतीघर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो भने नेपाल प्रहरी र प्रदर्शनकारीबीच केहीबेर धकेलाधकेलको अवस्था समेत सिर्जना भएको देखिएको छ।
यस घटनापछि सामाजिक सञ्जालदेखि सडकसम्म गणेश नेपालीको मृत्युबारे सत्यतथ्य सार्वजनिक गर्न, निष्पक्ष अनुसन्धान गर्न तथा पीडित परिवारलाई न्याय दिलाउनुपर्ने आवाज उठिरहेको छ। सम्बन्धित निकायले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
— नागरिक बोली
Click here to claim your Sponsored Listing.
Contact the business
Website
Address
Kathmandu