Sibu Write

Sibu Write

Share

02/02/2026

एक्कै छिन हासेका दन्त हसिलो मुहार देख्न पाए हुन्थ्यो
हिडिरहेकै बेला गल्लिमा बात मार्न बाटो छेक्न पाए हुन्थ्यो
शब्दकोषको कुन शब्दले कसरि बयान गरौ त्यो सौर्न्दर्यको
तिम्रै प्रेमरसको एक अनमोल महाकाव्य लेख्न पाए हुन्थ्यो

01/02/2026

देख्छु अर्को अनि याद आउँछ ब्यबहार हजूर को।।
म पनि गरौला बुढेसकालमा स्याहार हजूर को।।
देखावटी दुनियाँ मा चलेको छ यो संसार।
समुद्र झै गहिराइ मा डुबाउँछ प्यार हजूर को।

25/01/2026

त्यत्ति कमजोर पनि छैन मेरो मन यत्ति बुझ तिमी ।
फुल च्यापेर पैतलामा हिन्न सक्दैन यत्ति बुझ तिमी ।।
चट्टानें भिर बाट छुट्टियको एक अंश हो मेरो मन त।
पराइको लागी त टुट्दै टुट्दैन मेरो मन यत्ति बुझ तिमी। ।

14/10/2025

वातावरण,समय, प्रेम र आनन्द अनुभूति ❤️‍🔥❤️‍🔥❤️‍🔥 #गफाडी_माण्डब्य #सिबु
#सिबु fans Sibu Write

15/09/2025

श्रृंगार #सिबु #गफाडी_माण्डब्य

03/09/2025

दिदीबहिनी

दिदीबहिनी भनेको एउटै फूलको
फरक–फरक पाक्ने पातहरू जस्तै।
एउटीले घामसँग कुरा गर्छे,
अर्कीले चन्द्रमासँग मन खोल्छे,
तर जरा भने एउटै माटोमा गाँसिएको हुन्छ।

दिदी,
तिमी कहिलेकाहीँ आमा झैँ लाग्छौ,
मेरो गल्ती ढाकिदिन्छौ,
र भोलि फेरि नदोहोरोस् भनेर
गुप्त शैलीमा सम्झाइदिन्छौ।

बहिनी,
तिमी त कहिलेकाहीँ छोरी झैँ लाग्छ्यौ,
मेरो दुःख हल्का पार्छ्यौ,
र भोलि फेरि नदुखोस् भनेर
आफ्नो खुसी दान दिन्छ्यौ।

दिदीबहिनी भएको घरमा
कहिले आँसु चुपचाप बाँडिन्छ,
कहिले हाँसो चिच्याउँदै पोखिन्छ,
तर दुबै मिलेर संसारलाई देखाउँछन्—
माया भनेको केवल प्रेम होइन,
त्याग र साहसको संयुक्त भाषा हो।

दिदीबहिनी,
तिमीहरू बीचको झगडा
एउटै तानिएको डोरी हो,
जो कहिल्यै चुँडिन्न—
किनकि त्यसलाई गाँस्ने गाँठो
रगतभन्दा पनि गहिरो हुन्छ।
#गफाडी_माण्डब्य #सिबु

02/09/2025

दाजुभाइ
दाजुभाइ भनेको केवल नाताको धागो होइन,
कहिले बलियो ढाल, कहिले खेलौना,
कहिले तर्क, कहिले झगडा—
तर अन्ततः एउटै रगतको संगीत।

हामीबीच थुप्रै सम्झनाहरू छन्,
जसलाई कुनै क्यामेराले कैद गर्न सक्दैन,
जस्तै–
नङ्गै खुट्टाले खेलिएको धुलो,
उही एकै प्लेटमा बाँडिएको अचार,
र झगडापछि फेरि नरोसी हाँस्ने बानी।

दाजुभाइ,
तिमी मेरो पहिलो साथी पनि हौ,
पहिलो प्रतिद्वन्दी पनि हौ।
तर हारजितको हिसाब राख्दा
अन्तिमतिर सधैं बराबरी देखिन्छ।

जगतलाई हामी फरक–फरक नामले चिनिन्छौं,
तर आमा–बाबाको दृष्टिमा
हामी एउटै श्वासका दुई आधा टुक्रा।

दाजुभाइ,
हामीबीच कति कुरा लुकेरै बाँडिन्छन्,
शब्दभन्दा बाहिर,
रगतभन्दा गहिरो,
स्मृतिभन्दा लामो।

शायद यही कारणले,
जति टाढा भए पनि
हामीबीच अदृश्य डोरी तानिएको हुन्छ,
जसलाई संसारको कुनै कैंचीले काट्न सक्दैन।
#सिबु #गफाडी_माण्डब्य

21/08/2025

जय श्री कृष्ण 😍

Want your public figure to be the top-listed Public Figure in Kailali?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Kailali
2002