Boots Hub Hetauda
28/09/2024
नेपाली फुटबलको एक कालो दिन 😔
शब्दहरुले वर्णन गर्न सक्ने भन्दा कयौ गुणाले मुटु टुटेको छ। आज हामीले परिवारजनको आशा र फुटबलको भविष्य हृदयमा बोकेर फुटबल मैदान उज्यालो गर्ने सपना लिएका एन्फा एकेडेमी, सिस्नेरीमा प्रशिक्षण लिइरहेका ६ जना युवा फुटबलरहरूलाई गुमाएका छौं। विनाशकारी पहिरोले उनीहरूको सपनाहरु निर्मम रूपमा टुट्यो। यस्ता उज्यालो प्रतिभा गुमाउनुको पीडा असह्य छ, परिवारजनको पीडाको तुलना नै गर्न सकिन्न। अब, उनीहरूका सपनाहरू हाम्रो सम्झनाहरूमा मात्रै बाँच्नेछन्। उहाँहरूको आत्माले शान्ति पाओस्, र परिवारले यो अकल्पनीय क्षति सहन सक्ने शक्ति प्राप्त गरोस् भन्ने कामना गर्दछौं
-कमाने फुटबल एकेडेमी परिवार
13/04/2024
Happy New Year 2081 🎉
नव वर्ष २०८१ को पावन अवसरमा देश विदेशमा रहनु भएका नेपालीजन, शुभचिन्तक तथा खेलप्रेमीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।।
- कमाने फुटबल एकेडेमी परिवार।।