Sauraha
24/12/2023
17/03/2021
Tower Night (बनबास)
Tower Night(माचानबास)
चितबन जंगल सफारिको एउटा मुख्य आकर्षण हो। यस सफारीमा निकुज्जको मध्यवर्ति वनहरुमा रहेका मचानमा गएर बस्न सकिन्छ, जहाँ विभिन्न प्रजातिका दुर्ब बन्यजन्तु बेलुका,राति र बिहानिको समयमा मचानबाट अवलोकन गर्न सकिन्छ। यो सफारी बिदेशी पर्यटकमाझ अत्यन्त लोकप्रिय रहेको छ। यस्ता मचान जनावर देखिने र जनावरको राम्रो बासस्थान रहेको ठाउँ रहेका छन। जस्तै पानीको स्रोत नजिक, घाँसे मैदान नजिक रहेका छन।
मचानहरु चितवन राष्ट्रय निकुज्जको मध्यवर्ति वनको बिभिन्न स्थानमा रहेका छन, जुन कुनै मानव वस्तिबाट 800 मिटर देखी 3 किमि सम्मको दुरीमा रहेका छन। यो सफारी गर्नका लागि अग्रिम बुकिंग गर्नु पर्ने हुन्छ, जसका लागी निकुज्जको प्रवेश पत्र, तालिम प्राप्त गाइड, खाना र सवारिसाधनको आवश्यकता पर्दछ। यो सफारी प्रतिब्यक्ति रु २००० देखि ४००० सम्म दुरिका हिसाबले लाग्ने गर्दछ।
यस मचानवास सफारी दउसोको २-३बजे सौराहाबाट जिप वा डुंगा वा पैदल जानसकिन्छ। यस सफारीमा जंगलमा रहेको मचानमा गएर हल्ला वा बन्यजन्तुलाइ असर पर्ने कुनै पनि किसिमको क्रियाकलाप गर्न पाइदैन। यो सफारी बिहानको ७-८ बजे समाप्त हुने गर्दछ।
बुकिंगको लागि सम्पर्क गर्नुहोला।
9845272531/9821219810
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Chitwan
00977