Community Radio Journalist
खानेपानी,सरसफाईमा समुदाय र चर्पीको आवश्यकता
रीमा बि.सी.
भनिन्छ स्वस्थ भएर बाँच्न पाउनु मानिसको नैसर्गिक अधिकार हो तर पनि स्वस्थ रहनका लागि मानिस आफैले पनि सजकता र सचेत अपनाउनु पर्छ त्यसका लागि हाम्रो वरपरको वातावरणलाई कसरी सफा र सन्तुलन बनाउन सकिन्छ त्यस तर्फ पनि ध्यान दिन जरुरी देखिन्छ । अझ भन्ने हो भने बातावरणलाई स्वास्थ्यको मुख्य आधारको रुपमा पनि लिन सकिन्छ । नेपालमा सरसफाइ प्रवर्धनको व्
गुरुयोजना होइन शुरुयोजना बनाउदै अगाडी बढनुस्
रीमा बि.सी.
बुटबल, फागुण ७ । ६५ औ राष्ट्रिय प्रजातन्त्र दिवशको अवसरमा लुम्बिनी अञ्चल अस्पताल विकास समिती कर्मचारी यूनियनले अस्पताल परिसरमा सरसफाई कार्यक्रम गरेको छ । यस क्षेत्रकै जेठो अस्सपताल (एक सय वर्ष) को रुपमा चिनिने लुम्बिनी अञ्चल अस्पताल फोहोरका कारण आफै विरामी परेको गुनासोहरु आइरहेका बेला अस्पताललाई हाम्रो अस्पताल, राम्रो अस्पतालको रुपमा विकास गर्नका लागि अस्पताल वरिपरिको वातावरण स्वस्थ्य भए मात्र अस्पतालले दिएको सेवा स्वच्छ हुन्छ भन्ने उद्देश्यले सरसफाई कार्यक्रमको आयोजना गरिएको लुम्बिनी अञ्चल अस्पताल विकास समिती कर्मचारी युनियनले जनाएको छ ।
कर्मचारी युनियनका अध्यक्ष भागिरथ रानाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले अनुगमनका क्रममा विरामीको उपचार गर्ने अस्पताल आफै विरामी अवस्थामा रहेको अनुगमनका बेला भेटेको भन्दै तपाईहरु घरको वरिपरिको बातावरण सफा होस भन्ने ठान्ने, शौचालय सफा होस भन्ने ठान्ने तर अस्पतालको सरसफाई चाहिन्छ की चाहिँदैन तपाई आफै भन्नुहोस । अहिले एक सय पैतिस शैयाको अस्पताल आफै विरामी छ भने ५ सय शैया बनाउँदा यसको अवस्था झन कस्तो होला ? हामीले आन्तरीक समस्याहरुको व्यवस्थापन तिर ध्यान दिँदैनौ किन खाली दातृ निकायको आशिरर्वाद राख्छौ, तपाई आफै विरामी हुनुहुन्छ भने कसरी विरामीको उपचार गर्नुहुन्छ ? तपाईको अस्पतालको वरिपरि फोहोर,चमेना गृहमा फोहोर र सडेगलेका र बासी खानेकुराहरु छन, अस्पतालको हाताभित्र स्टेचरमा वेवारिसे विरामीहरु अचेत अवस्थामा लडिरहेका छन् त्यस विषयमा पहिला सुधार गर्नुहोस् । तपाईहरु गुरुयोजनाको कुरा गर्नु भन्दा अहिले भैरहेका कमिकमजोरीहरुलाई सुधार गर्ने खालको सुधार योजना ल्याउनुस गुरुयोजना होइन शुरु योजना बनाएर अगाडी बढ्नुस । वर्षमा एक दिन सफा गरेर सरसफाई टुङ्किदैन यसलाई निरन्तरता दिनुस अनि मात्र सरकारी अस्पतालप्रतिको विश्सनीयता बढ्छ ।
कार्यक्रममा लुम्बिनी अञ्चल अस्पताल विकास समितीका अध्यक्ष डाक्टर प्राश्चित श्रेष्ठले हामीले दिएको सेवा हामीले राम्रो भन्दैमा, अस्पताल सफा छ भन्दैमा राम्रो हुन सक्दैन सेवाग्राहीले हाम्रो सेवालाई राम्रो छ र सरकारी अस्पतालको अवस्था वातावरणीय हिसाबले सफा छ , भन्नुपर्छ, सरसफाई कहिल्यै नटुङ्गिने विषय भएकोले यो शुरुवात हो यसलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा अस्पतालका सुपरिटेन्डन डाक्टर तारानाथ पौडेलले हामी सेवा प्रदायक निकाय भएकोले अस्पताललाई आफ्नै घर संझेर सफा राख्नुपर्ने र अस्पतालको वेडलाई आफू सुत्ने खालको वेड संझेर लागिपर्न सबै चिकित्सक तथा कर्मचारीहरुलाई आग्रह गर्नु भयो । डाक्टर पौडेलले मिडिया लगायतका सरोकारवाला निकायहरुलाई निष्पक्ष रुपमा सवालहरु उठान गरिदिन आग्रह गर्दे अस्पताल भित्र भएका राम्रा कुराहरुलाई बाहिर ल्याइदिन र नराम्रा कुराहरु आफूहरुलाई भनिदिन आग्रह गर्नुभयो । कार्यक्रममा अस्पतालका बरिष्ठ सर्जन डाक्टर कृष्ण प्रसाद खनालले सदिऔ देखि रैती बनेका जनतालाई मालिक बन्नुपर्छ भन्ने महान दिन प्रजातन्त्र दिवशमा यस्तो खालका सरसफाई अभियानले ठूलो सन्देश दिएको भन्दै नेपाल सरकारले निशुल्क स्वास्थ्य सेवाका कुरा गर्दा हेल्थपोष्ट र पिएचसी र जिल्ला अस्पतालसम्म मात्र भएपनि अञ्चलको हकमा जिल्ला अस्पतालबाट रेफर गरेर आएका लक्षित समुदायका अतिगरिब÷ असाहय, गरिब, अपाङ्ग, जेष्ठ नागरिक महिला स्वास्थ्य स्वयं सेविका र एकल महिलाका लागि निशुल्क स्वास्थ्य सेवा भएपनि यी बाहेकको हक ७० प्रकारका औषधी निशुल्क स्वास्थ्य अन्तरर्गत भएपनि अञ्चल अस्पतालमा यो सेवा नभएको बताउनु भयो । कार्यक्रममा अस्पताल विकास समितीका सदस्य टंक पराजुलीले अस्पतालले अव नयाँ खालको गुरुयोजना बनाएर अगाडी बढदैछौ । आइसीयु सेवा नहुँदा अन्यत्रै जानुपर्ने समस्या भएकोले बैशाख महिनादेखि सेवा सुरु गर्ने,इमर्जेनसी सेवा, प्रसूति सेवालाई सर्व सुलभ बनाउने,बाटो निर्माण तथा ढल निर्माण, पुराना बुढा रुखहरु काट्ने र नयाँ बृक्षरोपण गर्ने बताउदै मिडियाहरुले हाम्रा राम्रा र नराम्रा पक्षहरुलाई केलाइदिनुस । जुन एक जनाले गरेको गल्तीलाई कोट्याई दिने दश जनाले गरेको राम्रो कामलाई पनि बाहिर ल्याइदिन आग्रह गर्दे आफूहरुको पनि केही गल्ती कमजोरी भएको महशुश गर्दे बुटबलमा मात्र होइन नारायणगढ र काठमाण्र्डौमा पनि प्राइभेट क्लिनीकहरुमा डाक्टर भेटने समय यतिवजेदेखि यतिवजेसम्म भन्ने खालको बोर्ड टाँगिएको बताउनुभयो । कार्यक्रममा सिस्टर प्रभा ज्ञवालीले अस्पताल वरिपरि बेवारिसे मान्छेहरुका कारण अस्पतालमा बढीे फोहोर हुने गरेकोले अस्पतालले फोहोरी आरोप खेप्नुपरेको बताउनुभयो । खनालले आफूहरुले राम्रो काम गरेको भएपनि मिडियाहरुले गलत तरिकाले बाहिर ल्याइदिएको भन्दै दुखेशो पोख्नु भयो । कार्यक्रममा कर्मचारी युनियनका केन्द्रिय अध्यक्ष सुरेन्द्र पन्त,सहलेखापाल केशवराज पाण्डेय, राम बहादुर पिएस, लगायतले आ–आफना धारणाहरु राख्नुभएको थियो । कार्यक्रम कर्मचारी युनियनका दिपेन्द्र पौडेलको स्वागत तथा सचिव कृष्ण प्रसाद सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।
Click here to claim your Sponsored Listing.