Trinetra bhandari group

Trinetra bhandari group

Share

17/12/2023

आदरणीय हाम्रा भविष्य, हाम्रा कर्णधार,हाम्रा आधार स्तब्ध युवा रोजगार भाई भतीजा बन्धु बान्धव हरू , सबैमा एकसाथ स्मरण र संझना छ ।
हाम्रा पूर्वज त्यस जमानाका त्यसक्षेत्रकै तालुकदार तत्कालिन राज्य सरकार लाई आवश्यक रकम पहिल्यै प्रदान गरी त्यस जमिनको पुरापुर मूल्य पहिलेनै सरकार लाई बुझाई अरू रैतीहरूले जस्तो बर्सेनी तिरो बुझाउने जग्गा कमाउने मोही नभै लालमोहरिया जग्गा ( हाल जुहॉं मोहरिया )गाउमा बसी हालको हंसरा,जुहॉं ,जुनिया लगायत को ठाउमा बसोबास को आवश्यक ब्यवस्थापन मिलाउने त्यस जमानाका अन्तिम तालुकदार स्वयम् प्रतिमनका संतान दरसंतान ( जसलाई त्यो अवस्था मा दमारे साहूको रूपमा संबोधन गरिन्थ्यो जुन कुरा रूपाकोटमा होईन जुनिया जुहॉंमा अद्यपी प्रचलित छ त्यसैले ) हामी उनै स्वाभिमानी बीर पूर्खाका संतान अहिले पनि कुनै पनि ठाउमा त्यो समाजमा रहेका कोही भन्दा धेरै कमजोर अथवा सामान्य भाषामा भन्दा हेपिएको स्थितिमा पनि जीवन निर्वाह गर्ने त्यसैलाई बानी पार्ने चलन हामी दमारेका संतान कोही कसैको पनि रहे भएको मैले देख्दिन, गणना गरिने सम्पत्ति को हिसावमा समय काल परिस्थिति अनुकूल थोरै धेरै हुन सक्छ तर नीति नैतिकता र ईमान्दारिताको कुरा मा सबै समान छन् । जहॉ कुरो सबैको मिल्छ, हो ब्यवहार , कारोबार, ज़िम्मेवारी हरू बिबिध हुन सक्छन् छन् पनि तर जव सत्य , न्याय र अहिम्सात्मक बिधि निर्माण गरिन्छ , त्यो कुरामा हामी दमारे भाईबन्धु हरू कोही कसैको बिमति पनि हुदैन र बिबाद पनि हुदैन, जुन कुराहरू धेरै ठाउ हरूमा प्रयोग भै रहेका छन् म स्वयम् र अन्य दाजूभाई हरू पनि यस्का भुक्त भोगीहरू हुनु होला, होलान् जस्ले हामीहरू लाई अझै बलियो ग्रुप अथवा संगठन निर्माण को पनि आधार तयार गरेको हुन सक्छ, जसलाई पनि हाम्रो ग्रुप को प्रेरणा श्रोत मान्न सकिन्छ । जस्ले हामीहरू लाई समय सापेक्ष काम कर्म अथवा हाम्रो असल कर्म ( जेष्ठ हरू सम्मान पूर्वक आआफ्नै स्थानमा हँसी ख़ुशी र सुख पूर्वक रिटायर्ड लाईफ को रूपमा जीवन ब्यतीत गर्ने समय सापेक्ष उपयुक्त बातावरण को निर्माण युवाहरू अथवा काममा जुट्नु पर्ने ,समय ब्यतित गर्नु पर्ने, आ आफ्ना परिवार हरूलाई पनि आ आफ्ना स्थान हरूमा लानु पर्ने अथवा आ आफ्नै घर घरमा सुबिधा संपन्न हिसावले बालबच्चा सहित बस्नु पर्ने अवस्था लाई पनि उपयुक्त र कामयाव हुने हिसावले मानिस कै जीवन स्तरलाई समयसापेक्ष र उपयोगी बनाउने हिसावको नेपाल र नेपाली कै लागि एक नया नौलो र उच्चस्तरीय कामको लागि कल्पना गर्ने हाम्रो सामुहिक शक्ति) को निर्माण गरेको छ ।
यो शक्ति ले भविष्यमा यो समाजलाई दिशानिर्देश गर्ने गरी त्यस्ता अनेकों असल कर्म हरू पनि यो संगठन ले गर्न सक्छ, किनकि हामी हरू सबैलाई हाम्रै ती पूर्वज हरूको असल कर्म हरूको प्रेरणा आशिर्वाद र संरक्षण प्राप्त छ, जसलाई जोगाई राख्न र यसलाई ब्रिद्धी गर्दै समय सापेक्ष परिमार्जन परिस्क्रित गर्दै परिणाम मुखी बनाउन पनि अरू धेरै असल कर्म हरू गरी समाजमा हाम्रो पुरानै नाम र काम स्थापित गर्नु छ , जुन संगठन निर्माण र केही कर्मको क़ानूनी आधार निर्माण का लागि हाल श्री त्रिनेत्र एग्रो टुरिजम इण्डस्ट्रीज प्राली लाई प्रयोग गरिने छ , किनकि कुनै पनि कुराको आधार अर्थ संग जोडिएको हुन्छ, त्यो असल मित्र पनि हो त्यही दुस्मन र जोडिने आधार र त्यही बिग्रह अथवा बिछोड को आधार पनि हुन सक्छ, ती सबै कुरालाई ब्यवस्थित गर्ने अथवा सिस्टमेटिक तरिकाले चलाउने त्यस देश को नियम कानून हो जो पारदर्शी र न्यायका आधारमा चल्ने चलाउने गरी निर्माण गरिनु पर्छ , त्यही नयॉ आफ्नो अथवा हाम्रो समूहको लागि आफ्नो कानून आफै बनाउने कुराको एउटा माध्यम, जो नबनुन्जेलको लागि पनि कानूनी आधारको रूपमा हाम्रै नाममा दर्ता भै कुनै आर्थिक कारोबार वा दायित्व केही नलिएको यदी हाम्रो संगठन ले पनि सामुहिक लगानी मा नेपालको क्रिषी र टुरिजम ब्यवसाय देश बिदेस को अनुभव सहित यहॉ ब्यवस्थित गर्न सक्ने अथवा ईच्क्षा हुने अवस्थामा पनि उपयोग गर्न सकिने कानूनी प्रक्रिया पुर्याई दर्ता भएको “ श्री त्रिनेत्र एग्रो टुरिजम इण्डस्ट्रीज प्राली “ लाई उपयोग गर्ने बिचार गरिएको छ , हाल सम्म उक्त प्राली को नाममा बैंक खाता पनि खोली नसकिएको कुनै काम पनि नगरिएको क़ानूनी आधार मात्रै खड़ा गरिएको ले अविलम्ब हाललाई उक्त कम्पनी को नाममा आधिकारिक बैंक मा खाता खोली यो अवधारणा मा सहमतभै अथवा नबुझेका स्पष्ट नभएका सबै कुरा त्यही प्राली को अहिले सम्म को बर्तमान संचालक म अधिवक्ता नन्दराम भण्डारी संग जुनसुकै माध्यम बाट प्रत्यक्ष अप्रत्यक्ष संपर्क मा रही बुझी क्लियर भै यसकाममा जोडिन अर्थात् यो कामलाई सामुहिक रूपमा अगाडि बढाउन यस्को शेयर सदस्य भै शेयर सदस्य को हैसियत प्राप्त गर्न अथवा यो संस्था को संस्थापक सदस्य भन्ने मूख्य आधार तयार गर्न रकम हिनामिना हुने अवस्था मा संचालक म नन्दराम भण्डारी ब्यक्तिगत रूपमा पनि पूर्ण ज़िम्मेवार हुने रहने गरी प्रतिबद्धता को आधार निर्माण का लागि प्रतियुनिट अथवा प्रति ब्यक्ती कम्तिमा रू १/१ एक लाख प्रति यूनिट नेपाली रूपैया उक्त खातामा जम्मा गरी पूर्व प्रतिबद्धता जनाउनु सक्ने हामी डकुवा मा जन्म संबंध हुने रूपाकोटमा अन्य भण्डारी हरूले ढवाली भनी संबोधन गर्ने हामी असली दमारे हरू र प्रतिमनकै संतान ( हाल पनि साजबोट,ढाव , जिमिरपाटा र त्यहॉ बाट अन्यत्र गै बसोबास गरेका अथवा त्यहॉ बाट पनि देश बिदेस का बिभिन्न ठाउमा रोजगारी अथवा बसोबास श्रीजना गरी बसेका सबै दाजूभाई, भाई भतीजा र उन्का सबै पारिवारिक सदस्य हरू ) सबैमा यी सबै कुराको सबैले आआफ्नै तरिका र माध्यम बाट बिस्त्रित रूपमा जानकारी लिई र जानकार रही ) हामीहरू को संगठित समूह बाट उपयुक्त देखेको नाममा उपयुक्त देखेका अन्य सबै उद्देश्य हरू राखी एक ज़िम्मेवार नेपालको कानून अन्तर्गत एक ट्रस्ट को निर्माण गर्ने जुन ट्रस्ट ले नै उक्त प्राली को नाममा जम्मा भएको रकमको खर्च अथवा सदुपयोग गर्ने अधिकार र संरक्षण गर्ने कर्तब्य पालन गर्नु पर्ने छ । तत्पश्चात् त्यही ट्रस्ट ले उपयुक्त स्थान को खोजी र स्थान छनौट पश्चात त्यस जमिनका लागि आवश्यक रकम बन्दोबस्त तथा अन्य ब्यवस्थापन मिलाई सबैका नाममा समानुपातिक हिसावले उपयोग गर्न मिल्ने मिलाउने गरी सामुहिक उपयोग का लागि र ब्यक्ती ब्यक्ती का लागि एउटै प्लट एउटै साईज़ एउटै सेवा सुबिधा उपलब्ध हुने गरी सबैका समान डिज़ाइन तला अथवा हाईटमा उदाहरण अथवा पर्यटकीय हिसावले पनि अरू हरूका लागि प्रेरणा श्रोत हुने गरी हाम्रो दमारे नयॉ बस्ती बुटवल उपमहॉनगर अथवा हाम्रो यस क्षेत्र को सुबिधा उपयोग सहजरूपमा प्राप्त हुने गरी हाम्रो सामुहिक क्षमताले भ्याउने सबैलाई सकभर उपयुक्त हुने स्थान को चयन लाई संलग्न सबै शेयर सदस्य हरू बाट अनुमोदन गरी गराई जमिन सबैका नाममा छुट्टा छुट्टै समान हिसावको मोहडा अथवा क्षेत्रफल जग्गा धनी पूर्जा प्राप्त गरी , उक्त जमिनमा त्यही ट्रस्ट ले निर्धारण गरेको मापदंड अनुकूल आआफ्ना भवन अथवा आवास ग्रिहहरू आवश्यकता का आधारमा निर्माण गरी उपयोग गर्न पाउने गरी स्थान सुरक्षित गर्ने, भवन निर्माण गर्ने आवस्यकता अनुसार ब्यक्तिगत र सामुहिक रूपमा सुबिधा को रूपमा पनि उपयोग गर्ने आवश्यक सबै बातावरण निर्माण र ब्यवस्थापन गर्ने मिलाउने र बर्तमान अवस्था मा जस्तो युवा जती रोजगारीको लागि बाध्यात्मक परिस्थिति का कारण बिदेस आफ्नो नीजि घर चाहे मधेस पहाड गाउ शहर अथवा केन्द्र जहॉ भएपनि जेष्ठ अर्थात् ब्रिद्ध ब्रिद्धा हरू एक्लो र कष्टकर जीवन जिउन बाध्य हुने अवस्था लाई केही रूपमा सरल र सहजीकरण हुन सक्छ कि जुन कुराको शुरुआत पनि हामी दमारे का असल सन्तान हरूबाटै किन नगर्ने ? हामी ब्यक्तिगत रूपमा मात्रै होईन समूह र संगठित रूपमा पनि हामी जोडिन सक्छौ सक्दैनौ ? कति सक्छौ सक्दैनौ ? सक्दैनौ भने किन सक्दैनौ ? हाम्रा पनि केही कमी कमजोरी हरू छन् कि के छन्? यी सबै कुरा जान्न र बुझ्न पनि यो जमानामा यही माध्यम उपयुक्त हुने मेरो नीजि ठहरका आधारमा यस्को उपयोग गरेको हु ।
यसो गर्दा भविष्य मा यो एउटा ब्रिहत एवम हाम्रो सुबिधा र अरूका लागि नेपालकै निम्ति एक नमुना र उदाहरणीय काम त हुन्छ नै जहॉं हामी अहिले बैदेशिक अथवा स्वदेश का रोज़गार चेतनशील युवा हरू यस्तै एउटा प्लेट फर्ममा जुट्दा असम्भव छैन तर सबै आ आफ्नै तरिकाले बुटवल तराई अथवा पहाडमा छिरलिदा तपाई बिदेस मा रही आयआर्जन गर्ने र अन्यत्र अर्थात् त्यहॉ गै जीवन निर्वाह गर्न नसक्ने जेष्ठ सदस्य हरू , अथवा यही सानो तिनो पेशा ब्यवसाय गरी येनकेन जीवन गुजारा गर्ने अथवा पहिले तराई झरेका जमिन भएका नभएका भरखर नयॉ घर घडेरी किन्ने बनाउने नबनाउने कसैलाई शान्ति र अमनचयन को बातावरण बन्न सकेन किनकि नहुनी लाई जिन्दगी भर बनाउने पिर बनेकाको बुढेस अथवा जेष्ठ अवस्था मा आ आफ्ना घरमा एक्ला एक्लै बस्नु पर्ने बाध्यता मात्रै होईन भविष्य मै पनि ती ठाउ हरूमा अरू संतान हरूको स्थायी बसोबास ब्यवस्था नमिल्ने र त्यो ठाउ आफूले छोड्दा सबै छोडिने रक़म खर्च पनि हुने सुख सुविधा को उपयोग गर्न नपाउने, बैदेशिक रोजगार बाट रिटायर्ड लाईफ पनि आफ्ना ठूला ठुला घरमा पनि एक्ला एक्लै कष्टकर तरिकाले जिउनु भन्दा बिदेस मै पलायन भै त्यतै बिसर्जन हुनु पर्ने बाध्यता लाई हामीले यो खालको एउटा योजना ले हामीलाई सम्म ब्यवस्थित गर्न सक्छ कि भन्ने सोचले यो अवधारणा को बिकास भएको छ । यो अवधारणा कार्यान्वयन गर्न हामीलाई अहिले बुटवल को सबै सुबिधा सहजरूपमा उपलब्ध हुनसक्ने सुगम उपयुक्त बातावरण युक्त स्थान मा कम्तिमा २ बिगहा क्षेत्रफल जमिन आवश्यक छ जस्का लागि कम्तिमा हाम्रो जमिन उपलब्ध हुने क्षमता २० करोड सम्मको हुनु पर्ने छ , जस्लाई हामी अहिले बैदेशिक रोजगारीमा रहेका मैले संकलन गरेको मोटामोटी तथ्यॉंक अनुसार ६०, देखी ७० जनाको नाम संकलित छ, त्यस्मा तत्काल जमिनका लागि लगानी जुटाउन सक्ने नसक्ने कतिजना कहॉ कहॉ हुनुहुन्छ ? उहॉहरू को यस सन्दर्भ र यो प्रसंगमा के र के के बिचार हरू छन्, सबैको संकलन आवश्यक छ , यस्मा जोडिदै जानेहरू सबै संग यी कुराहरू यसरी नै गर्दै आवश्यक टुंगोमा पुर्याउने सोच हो , त्यसो गर्दा घडेरी जमिनका लागि उपयुक्त र आवश्यक जमिनमा तत्काल रकम जुटाउन असमर्थ रहेपनि हाल प्रतिबद्धता का लागि रू एकलाख सम्म जुटाई पछिका लागि आधार र प्रतिवद्धता जनाउनेहरू सबै दाजूभाई हरूलाई उक्त घडेरी जमिन ट्रस्ट मा सुरक्षित रहने राख्ने गरी तत्काल अन्य सक्षम अथवा तत्काल का लागि सक्ने हरू सबै जुटी आवश्यक ब्यवस्थापन मिलाउदा त्यती असहज नहुन सक्छ अथवा जमिनको ब्यवस्थापन मिलेको अवस्था मा निर्माण का काम आवस्यकता का आधारमा पनि गर्दै जान सकिन्छ, सबै भन्दा ठूलो बल आत्म बिस्वास र आत्मबल हो यसलाई असम्भव मान्नु पर्ने जरूरी हाम्रो बैदेशिक रोजगार हरूको संख्या र उनीहरू को नेपालमा रहने बस्ने आफ्ना गार्जियन परिवार समाज दाजूभाई र हाम्रो कुल धर्म संस्कार संस्कृति प्रतिको लगावका कारण म त्यती असम्भव देखिरहेको त छैन । तथापि त्यस्मा म एउटा माध्यम मात्रै हो अरू सबै तपाई तिमी हरू सबैको प्रतिबद्धता र भूमिका हो, जसलाई शुरूमा यसबारे नजाने नबुझेका कुरा अध्ययन गर्न बुझ्न मनन गर्न र संपर्क मा हुने अरू दाजूभाई अथवा गार्जियन परिवार लगायत सबैमा बुझ्न बुझाउन पनि म अनुरोध गर्न चाहेको हो । यसै संजाल मार्फत ।
यस्मा सरोकार रहने राख्ने राख्ने हामीहरू सबै मिल्दा यो र यो संग सम्बन्धित अन्य काम आवश्यक कामहरू त्यती असम्भव पनि देखिदैन ,किनकि त्यो भन्दा बढी बढ़ी मूल्यमा त्यत्तीकै सुबिधा युक्त ठाउ हरूमा हाम्रा दमारे भाई बन्धुत्व खाली अथवा घर बनाएका घर घडेरी हरू पनि प्रसस्तै देखिन्छ ने तर पनि बातावरण र सुबिधा मिलेको त्यती देख्न सकिदैन किनकि हाम्रो एकता र सामुहिक प्रयास त्यसमा रहेन ब्यक्ती ब्यक्ती को आ आफ्नो क्षमताले जे संभव भो त्यही गरीयो त्यसैले हाम्रो समूह पनि बनेन डकुवा मा बुवा हजूरबुवा जिजू हरूले निर्माण गरेको समूह हामीहरू ले नै भत्कायौ, त्यसैलाई अहिले बुटवल मा जुटाउन भने खोजिएको हो यसलाई त्यसरी नै बुझ्न बुझीदिन म नन्दराम भण्डारी हार्दिक अनुरोध र अपिल पनि गर्न चाहन्छु ।किनकि ठाउ ठाउमा महँगा महँगा घडेरी हरू किन्ने घर बनाउने दमारे हरूको संख्या पनि यो बुटवल क्षेत्रमै पनि उल्लेख्य नै रहेको छ तापनि जेष्ठ सदस्य र बैदेशिक रोजगार हरूको चयन त्यती राम्रो हुन सकेको देख्न सकिएन , त्यसैले यो सोच आएको छ । त्यसैले यो कुरा लाई बैदेशिक स्वदेशी रोजगार युवा हरू सबैले आवश्यक समय आआफ्नो अनुकूलतामा फूर्सद को समयको सदुपयोग गरी सोच बिचार गरी आफ्नो आफ्नो पनि नेपाल मा रिटायर्ड लाईफ को भविष्य सुनिश्चित गर्न यो सामाजिक संजाल को प्रयोग उपयोग गरी यो र यस्तै बारेमा अन्य सबै सल्लाह सुझाव हरू यस्तै माध्यम बाट समयमा , समय समयमा उपलब्ध गराई आवश्यक सहयोग गरी लक्ष्य मा पुग्ने पुर्याउने गरी सबै हाम्रा दमारे भाई बन्धु हरू advocate Nandaram Bhandari को नाम बाट फ़ेसबुक आईडी चलेको सामाजिक संजाल मा जोडिन र बिचार आदान-प्रदान गर्न पनि सबैमा हार्दिक अनुरोध गर्दछु ।
नन्दराम भण्डारी
बुटवल
आवस्यकता का आधारमा रकम जम्मा गर्न सकिने हाल प्रयोग हुने खाता :-
त्रिनेत्र एग्रो टुरिजम इण्डस्ट्रीज प्राली

Want your business to be the top-listed Beauty Salon in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Jesischhok Butwal/4
Butwal