Seto Gurans Child Development Service Rupandehi
Seto Gurans Child Development Services Rupandehi (SGCDSR) is a pioneer organization in the field of Early Childhood Development at province, district, and community levels
02/03/2026
सेतो गुराँस बाल विकास सेवा रुपन्देहीको व्यवस्थापनमा संचालित पोषण मार्फत जीवन रुपान्तरण परियोजना (पोषण सम्बेदनशील) को आयोजनामा संचालित १ दिने खानेपानी, सरसफाई तथा स्वच्छता विषयक प्रशिक्षक प्रशिक्षण तालिम यसै परियोजनाका कर्मचारी तथा अन्तर-परियोजनाका परियोजना प्रमुखहरुको सहभागिता तथा यसै संस्थाका कार्यकारी निर्देशक श्री सुमित्रा शर्माज्यूको प्रशिक्षणमा आज मिति २०८२/११/१८ का दिन सफलताका साथ सम्पन्न भयो ।
12/02/2026
सेतो गुराँस बाल विकास सेवा रूपन्देहीबाट सञ्चालित विभिन्न कार्यक्रमहरूको उच्च मूल्याङ्कन गर्दै विद्यालयको वार्षिक उत्सवको अवसरमा सम्मान पत्र प्रदान गरी सम्मान गर्नुभएकोमा विद्यालय परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।
विद्यालयको सकारात्मक सहयोग र सहकार्यको लागि सधैं आभारी छौॅ ।🙏🙏
06/02/2026
लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय राप्ती उपत्यका (देउखुरी), नेपालको आयोजनामा लुम्विनी प्रदेश प्रारम्भिक बालविकास रणानिति, २०८०–२०८५ मस्यौदाबारे बैठक तथा छलफल सामाजिक विकास मन्त्री माननीय जन्मजय तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न । लुम्विनी प्रदेश प्रारम्भिक बालविकास रणानिति, २०८०–२०८५ को मस्यौदाको प्रस्ततिकरण सेतो गराँस बाल विकास सेवा रुपन्देहीका कार्यकारी निर्देशक श्री सुमित्रा शर्माज्यूबाट भएको थियो ।
01/01/2026
२०८२ पुुस १६
सेतो गुराँस बाल विकास सेवा, रुपन्देहीको २७ औँ साधारण सभा, ९ औँ अधिवेशन तथा सामाजिक परीक्षण कार्यक्रम संस्थाका अध्यक्ष श्री ओमीकला गाहा पुनज्यूको अध्यक्षता तथा संस्थापक अध्यक्ष एवं नेपाल सरकारका सचिव श्री निर्मला अधिकारीज्यूको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा विशिष्ट अतिथि संस्थापक सदस्य तथा विद्युत नियमन आयोगका सदस्य श्री मधुसुधन अधिकारीज्यू सहित पालिकाका प्रमुख तथा उपप्रमुख, सामाजिक विकास डिभिजन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख, सबै पालिकाका स्वास्थ्य–कृषि–शिक्षा शाखाका प्रमुख तथा प्रतिनिधि, वडा अध्यक्ष तथा जनप्रतिनिधि, खेलकुद संघका अध्यक्ष तथा प्रतिनिधी, साझेदार संस्थाका प्रतिनिधी, विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधी, पत्रकार, लाभान्वित वर्ग, संस्थाका साधारण सदस्य तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । यस अवसरमा सबै सरोकारवाला निकाय, साझेदार संस्था, प्रारम्भिक बाल विकास केन्द्रका सहजकर्ता तथा कर्मचारीहरूलाई सम्मान गरिएको छ । कार्यक्रमको सञ्चालन कार्यकारी निर्देशक सुमित्रा शर्माज्यूले गर्नुभएको थियो ।
संस्थाको २७ औँ वार्षिक साधारण सभा, ९ औँ अधिवेशन तथा सामाजिक परीक्षण भव्यता साथ सम्पन्न गर्नको लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौँ साथै आगामी दिनमा पनि यस्तै सहकार्य तथा सहयोगको अपेक्षा व्यक्त गर्दछौ ।
12/12/2025
आवश्यकता ! आवश्यकता !! आवश्यकता !!!
सेतो गुराँस बाल विकास सेवा रूपन्देहीले निकट भविष्यमा रूपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकामा सञ्चालन गर्न लागेको (अपेक्षित) "Clean Air for Mothers and Newborns in Nepal" कार्यक्रमका लागि देहायका कर्मचारीहरूको आवश्यकता भएकाले इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदनका लागि आह्वान गरिन्छ।
Jobs - Seto Gurans Child Development Service Rupandehi सेतो गुराँस बाल विकास सेवा रूपन्देहीले निकट भविष्यमा रूपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका र सैनामैना नगरपा....
12/12/2025
धन्यवाद, सहकार्य तथा सहजीकरणको लागि राष्ट्रिय बाल अधिकार परिषद्,
राष्ट्रिय बाल अधिकार परिषद्का समन्वय अधिकृत गण्डकी प्रदेश बद्री प्रसाद वाग्लेज्यूलाई । आगामी दिनमा पनि सहयोग र सहकार्यको लागि अपेक्षा गर्दछौ ।
Click here to claim your Sponsored Listing.
Contact the organization
Telephone
Address
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |