Shailee In Politics
Nominated as a Proportionate List Candidate for Nepal's federal election 2082, Shailee is a Nepali Madheshi Q***r with over a decade of experience in policy reforms, advocacy, and human rights.
My support for Nisha Adhikari.
28/02/2026
प्रेस विज्ञप्ति
२०८२ फागुन १६ गते शनिवार (ने.सं. ११४६, चिल्लाथ्व, द्वादशी)
पश्चिम एसियाको युद्धमा नेपाली नागरिक तथा हितको रक्षाको पहल गर्न सरकारलाई आग्रह!
आज बिहानबाट सुरु भएको अमेरिकी तथा इजरायली - इरानी युद्धको समाचारले गतिशील लोकतान्त्रिक पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यस समयमा इजरायल लगायत पश्चिम एसियामा रहेका नेपाली नागरिकहरूको सुरक्षाका लागि पहल गर्न नेपाल सरकारसँग हामी आग्रह गर्दछौँ ।
उक्त युद्धको शान्तिपूर्ण अवतरण गर्न कूटनीतिक पहल गर्न र त्यस दिशामा काम गरिरहेका अन्य देश तथा अन्तर्राष्ट्रिय निकायहरूको पहलमा होस्टेमा हैंसे गर्न नेपाल सरकारलाई सुझाब दिन्छौँ । यस घटनाबाट नेपालले भोग्नुपर्ने आर्थिक/सामाजिक चुनौतिलाई दृढतापूर्वक सामना गर्न योजना बनाउन/बनाएका योजनाको कार्यान्वयन गर्न पनि नेपाल सरकारसँग गतिशील पार्टी आग्रह गर्दछ ।
दिनेश प्रसाईं
अध्यक्ष
गतिशील लोकतान्त्रिक पार्टी
Click here to claim your Sponsored Listing.