Scan Times Koshi

Scan Times Koshi

Share

01/05/2026

सुकुम्बासी बस्तिमा बालेन सरकारको हठात डोजर चलाउने निर्णयले लियो २ जनाको ज्यान

काठमान्डौँको सुकुम्वासी बस्तीमा डोजर चलिरहँदा बल्खु क्षेत्रमा एक व्यक्तिको शव खोलामा फेला परेको छ । शुक्रबार बिहान घर भत्किएको दृश्य हेर्न नसक्ने भन्दै निस्किएका ६१ वर्षीय ईन्द्रबहादुर राई दिउँसो मृत अवस्थामा भेटिएका हुन् ।

उनकी पत्नीका अनुसार घर भत्किएपछि मानसिक रूपमा विचलित बनेर उनी बाहिरिएका थिए । लामो समयदेखि बल्खुस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका राई स्थानीय सब्जीमण्डीमा काम गर्ने गर्दथे ।
यसअघि थापाथली क्षेत्रमा सुकुम्बासी बस्ती हटाउने तयारीकै क्रममा एक १७ वर्षीय युवकको मृत्यु भएको घटना पनि जोडिएको छ । लगातार भएका यी घटनापछि बालेन सरकारको डोजर अभियानप्रति आलोचना बढ्दै गएको छ ।

01/05/2026

सुकुम्बासी बस्तिमा बालेन सरकारको सनक, स्थानीय चुनावमा रास्वपाले भेट्छ जनताको दनक,
सुकुम्बासी बस्तिमा विना तयारी डोजर चलाइएपछि वृद्ध, सुत्केरी र बालबालिकाको अवस्था कष्टकर बनेको छ । प्रभावितहरू होल्डिङ सेन्टरमा बस्न बाध्य छन् भने त्यहाँको वास्तविक अवस्था बाहिर ल्याउन पुगेका सञ्चारकर्मीलाई प्रवेश निषेध गरिएको छ ।

स्थानीय चुनाव आउन एक वर्षभन्दा कम समय बाँकी रहँदा गरिएको यस कदमले सर्वसाधारणमा त्रास फैलाएको छ । आफ्नै घर भत्काइएपछि असन्तुष्ट बनेका जनताको भोट स्थानीय चुनावमा एमाले र कांग्रेसतर्फ जाने आकलन गरिएको छ ।

पूर्व तयारी विना नै डोजर चलाइएको भन्दै आलोचना बढिरहेको छ । चुनाव नजिकिँदै जाँदा ‘घर जोगाइदिने’ आश्वासनसहित विभिन्न पक्षले भोट माग्ने सम्भावना देखिएको छ ।

डोजर चल्दा छाती थाप्ने बताएका नेताहरू अहिले मौन रहेको भन्दै आलोचना भइरहेको छ । यस घटनाले रास्वपाप्रति जनविश्वास घट्दै गएको र जनतामा निराशा बढेको देखिएको छ ।

Want your business to be the top-listed Media Company in Biratnagar?
Click here to claim your Sponsored Listing.

Website

Address

Biratnagar
56600, 56613, 56614