Chakra Bpositive

Chakra Bpositive

Share

19/03/2023

यसमा ऋखि धमाले को पनि ठुलो हात छ 😆

19/03/2023

अहिले बजारमा एक जम्बो mountain dew काे खरिदमा 250ml एउटा इनर्जी ड्रिंक्स को रूपमा STING भन्ने पेय पदार्थ free मा दिने रहेछ । जसको अधिकतम खरिद मूल्य 50 कायम गरिएको रहेछ ।
घरमा एउटा सानो कार्यक्रम मा हाम्रो घरमा पनि आइपुग्यो ।
बच्चाहरूको नजरमा पर्यो । सानो चिटिक्क परेको बेग्लै खालको देखेर बच्चाहरु पनि झुम्मियो ।
नयाँ भएकोले के रहेछ जिज्ञासा जागेर बोतलमा लेखेको पढे ।
लेखेको रहेछ ।
उच्च मात्रामा क्याफिन को प्रयोग भएको रहेछ । जसको कारणले बच्चाहरु, गर्भवती महिला, अनि दूध खुवाउने महिला र क्याफिन को इलेर्जी हुनेले खाँदै नखानु भनेको रहेछ ।

अझै सानो अक्षरमा लेखिएको छ कि । एउटा जवान व्यक्तिले बढीमा 500ml मात्र यानकी दुई वटा सम्म खान सुझाव दिएको छ ।

यति पढेपछि मैले बच्चाहरु नखुवाउनु अनि धेरै नखान घरपरिवारलाई त सुझाव दिए । त्यो कुरा सकियो ।

तर एक दुई दिन पछि एक भोजमा सामेल हुँदा देखें कि धेरै जसो बच्चाहरूको हात हातमा त्यही energy drinks देखें । कुरा बुझ्दै जाँदा dew मा फ्री मा आएको भएर जो जसलाई मन पर्छ लिएर खाँदा हुने रहेछ ।
आकर्षक बोतल भएर बच्चाहरु लोभिएको देखें ।
दुईचार जना बच्चालाई भने नखानु भनेर । तर एउटा अन्जान मान्छेले भनेको के नै मान्ला र ?
कोही कोही अभिभावकलाई पनि नखुवाउँदा हुने भनेर डिटेल भन्दा मान्दै मान्दैन के गर्नु है भन्दै कुरा तारेको पाइयो ।

क्याफिन त कफी मा पनि पाइन्छ, साधारण हाम्रो चिसोको रूपमा सेवन गर्ने पेय पदार्थमा पनि पाइन्छ ।
कुरा त कति सम्म क्याफिन हाम्रो शरीरलाई ठीक छ भन्ने कुरा हो ।

केही समय अगाडि नेपालमा रेड बुल लाई ब्यान्ड गरिएको थियो । अहिले सम्म ब्यान्ड नै छ ।

मलाई लाग्छ त्यो पनि उच्च मात्रामा क्याफिन कारणले जस्तो लाग्छ ।

अब फेरि बजारमा फ्री मा नयाँ स्वाद चखाउन ल्याएको छ । यसको बजारमा प्रगति अनुसार केही समयमा छुट्टै नै बिक्री वितरण अवश्य नै हुनेछ ।

सरकारी मापदण्ड अनुसार कति सम्म ठीक छ त्यो त थाहा छैन तर जसको लागि खान नहुने हो । तिनीहरूबाट चाहिँ टाढै राख्दा राम्रो । कतिलाई साधारण चिसो जुस नै हो भनेर बच्चाहरूलाई दिएको हुन सक्छ ।

अलि बुझेर मात्र प्रयोग गर्दा राम्रो हुने हो जस्तो लाग्छ । आफ्नो या आफ्नै अगाडि कसैको नराम्रो केही नहोस् ।
copied

05/02/2023

२ दिनको जिन्दगीमा ३ दिनको मौन अवधि 🤗

03/02/2023

परीक्षामा ५०० केटीहरु र आफू एक्लो केटा भएको देखी बेहोस भएर अस्पताल भर्ना भएका परिक्षार्थी

Want your business to be the top-listed Media Company in Biratnagar?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Biratnagar