Raaz Sayami
12/05/2026
"जिन्दगी सर्टिफिकेटका पानाहरूभन्दा कयौँ गुणा विशाल छ"
फेल हुने वा कम अंक ल्याउने मेरा प्यारा भाइबहिनीहरू, तिमीहरूलाई मेरो तर्फबाट मुरी मुरी बधाई छ! हो, अचम्म नमान। यो बधाई यसकारण कि तिमीसँग अब परम्परागत बाटोभन्दा फरक र नयाँ ढङ्गले संसार जित्ने एउटा सुन्दर अवसर छ। समाजको नजरमा सफलताको मापन केवल अंक होला, तर जीवनको यथार्थ त्यो पटक्कै होइन। मार्कशीट एउटा कागज मात्र हो किनकि त्यो कागजको टुक्राले न मेरो भविष्य तय गर्नेछ, न अरु कसैको नै गर्नेछ।
आदरणीय अभिभावकज्यूहरूमा विनम्र आग्रह: आफ्ना सन्तानलाई अरूसँग दाँज्ने प्रवृत्ति आजैदेखि अन्त्य गरौँ। नतिजा जस्तो सुकै होस्, उनीहरूको काँधमा हात राखेर भनिदिनुहोस्, "तिमी सक्छौ बाबु/नानी, यो त जीवनको एउटा सानो खुड्किलो मात्र हो।" स्मरण रहोस्, यो धर्तीमा मानव जीवन पाउनु नै आफैँमा एक अनुपम उपलब्धि हो। तपाईंका सन्तानको अनुहारको मुस्कान र उनीहरूको मानसिक शान्तिभन्दा ठूलो 'ग्रेड' वा 'सर्टिफिकेट' यो दुनियाँमा अर्को केही हुन सक्दैन।
अन्त्यमा, वीरगञ्जको दुःखद घटनाले मलाई एकदमै निराश बनाएको छ। एउटा सुनौलो भविष्य भएको भाइलाई हामीले गुमाउनु पर्यो। मेरो यो आवाज ती तमाम भाइबहिनीहरूका लागि हो, जो आज निराश छन्, नहौसिनुहोस्, नआत्तिनुहोस्। जिन्दगी धेरै सुन्दर छ र यो एउटा नतिजामा मात्र सिमित छैन। अब उप्रान्त, कुनै पनि भाइबहिनीले एउटा सामान्य कागजको टुक्राको दबाबमा परेर आफ्नो अमूल्य जीवन त्याग गर्ने कठोर निर्णय लिन नपरोस्। जीवन सधैँ विकल्पहरूको खुला आकाश हो।
04/05/2026
Legends live forever. Using AI to honor the incomparable Michael Jackson. 😍 Thank you for the music, the moonwalk, and the magic. 🎙️🙏🏻
"Abale Abale" an collaborate with the legendary Maestro Nhyoo Bajracharya, whose compositions continue to redefine our musical landscape 🎼. Paired with the profound and evocative lyricism of Shrunyuti Singh, Female version performed by Nisha Deshar. This project has been a deeply moving creative journey. I’d love to hear your favorite part of the song in the comments! 👇✨
20/04/2026
मुटुमै लेखिसकेछु नाम, मेटेनी मेटिन्न।
- https://youtu.be/ddxHZfhIgWA
Click here to claim your Sponsored Listing.