Marxism study groups
23/09/2025
लेनिन की सम्पूर्ण जीवनगाथा | विश्व क्रांति के महानायक | Lenin Biography Audiobook “रेडियो पाठशाला” में आपका स्वागत है।इस ऑडियोबुक में सुनिए व्लादिमीर इल्यिच लेनिन की प्रेरणादायी जीवनगाथा—एक ऐस...
01/08/2025
POLITICAL THEORY - Karl Marx Karl Marx remains deeply important today not as the man who told us what to replace capitalism with, but as someone who brilliantly pointed out certain of it...
31/07/2025
Karl Marx Biography: The Untold Secrets of the World's Greatest Thinker! (Hindi AudioBook) Marx Biography: The Untold Secrets of the World's Greatest Thinker! (Hindi AudioBook)Dive into the life and mi...
प्रश्न नं १. साम्यवाद भनेको के हो ?
सर्वहारावर्गको मुक्तिका शर्तहरुको सिद्धान्तलाई साम्यवाद भन्दछन ।
प्रश्न नं २. सर्वहारा वर्ग भनेको के हो ?
सर्वहारावर्ग भनेको यस्तो सामाजिक वर्ग हो जो कुनै प्रकारको पुँजीबाट प्राप्त हुने नाफाको आधारमा बाँचेको हुँदैन । आफ्नो श्रम बेचेर मात्र उसले जीवन–यापनका साधनहरु प्राप्त गर्दछ । यस वर्गको हर्ष र विस्मात,जीवन र मृत्यु सारा अस्तित्व नै बजारमा हुने श्रमको मागमा निर्भर रहन्छ । संक्षेपमा भन्ने हो भने सर्वहारावर्ग अथवा मजदूूरहरुको वर्ग भनेको उन्नाइसौँ शताब्दीको श्रमिक वर्ग हो ।
प्रश्न नं ३. के त्यसो भय सर्वहारावर्ग सदैव अस्तित्वमा थिएन ?
सदैव थिएन । गरीब र श्रमिक वर्गहरु सधैँ अस्तित्वमा रहिआएका थिए र प्रायश: श्रमिक वर्गहरु नै गरीब पनि हुने गर्दथे परन्तु भर्खरै बताइएको जस्तो अवस्थामा बाँचेका यस्ता गरीबहरु र यस्ता मजदूरहरु अर्थात सर्वहाराहरु सधैँ अस्तित्वमा थिएनन् । यसरी सदैव नै प्रतिस्पर्धा पनि पुर्णतया स्तन्त्र र असिमित थिएन ।
प्रश्न नं. ४ . सर्वहारा वर्गको जन्म कसरी भयो ?
सर्वहारा वर्गको जन्म औद्योगिक क्रान्तिको परिणामस्वरुप भयो । यस्तो क्रान्ति गत शताब्दीको उत्तरार्धमा इंल्याण्डमा सम्पन्न भएको थियो । त्यसपछि संसारका सबै सभ्य मुलुकहरुमा यो क्रान्ति दोहोरियो । वाष्प यन्त्र, धागो कात्ने कल, लुगा बुन्ने यन्त्रिक तान र अन्य कयौं यन्त्र उपकरणहरुको आविष्कारले गर्दा यो औद्योगिक क्रान्ति सम्पन्न भएको थियो । यी मेशिनहरु ज्यादै महंगा हुन्थे तसर्थ ठूल्ठूला पुँजीपतिहरुले मात्र तिनलाई किन्न सक्दथे । मेशिनहरुले त्यसबेलासम्म अस्थित्वमा रहेका सम्पूर्ण उत्पादन पद्धतिहरुमा हेरफेर ल्याइदिए । र, पहिलाका बढीमात्रामा शिल्पकलामा समेत जमाउँदै लग्यो, यस क्षेत्रका पनि ठूल्ठूला पुँजीपतिहरुले सानातिना शिल्पकारहरुलाई बढी मात्रामा पेल्दै लगे । र, यस्ता ठूल्ठूला शिल्पशालाहरु खडा गरियो जहाँ धेरै प्रकारका खर्चहरुमा किफायत गर्न सकिन्थ्यो । यसको साथसाथै विस्तृत रुपमा श्रम विभाजनसमेत गर्न सकिन्थ्यो । यसको परिणामस्वरुप हामी अहिले यस स्थितिसम्म आइपुगेका छौं कि सभ्य मुलुकहरुमा श्रमका झण्डै सबै शाखाहरुमा कारखानाको उत्पादन पद्धति लागु भैसकेको छ र प्रायः यी सबै शाखाहरुमा शिल्प र कारखानाहरुको ठाउँ वृहत उद्योगले लिइसकेको छ । यसको परिणाम स्वरुप पहिलेको मध्यम वर्ग र खास गरी सानातिना शिल्पकारहरु अझ बढी बर्बाद भैइरहेका छन् । कामदारको पहिलेको स्थिति विल्कुलै बदलिएको छ र दुई नयाँ वर्गहरु देखा पर्दै छन्, जसले विस्तार विस्तार अरु सबैलाई निलिरहेका छन् ।
ती हुन्ः
१) ठूल्ठूला पुँजीपतिहरुको वर्ग
यो वर्ग अहिले पनि सबै लागि नभइ नहुने कच्चा पदार्थ तथा औजारहरुसमेतको झण्डै एक मात्र मालिक रहेको छ । यो बुर्जुवाहरुको वर्ग हो अर्थात पुँजीपति वर्ग हो ।
२) केही पनि नहुनेहरुको वर्ग
यो वर्ग पुँजीपतिहरुलाई आफ्नो श्रम वेच्न विवश छ । यसको सट्टामा उसले जीवन धान्नका लागि अत्यावश्यक साधन प्राप्त गर्दछ । यो वर्ग मजदुरहरुको वर्ग अथवा सर्वहारा वर्ग हो ।
प्रश्न नं ५.के कस्ता अवस्थाहरुमा पुँजिपतिलाई सर्वहाराले श्रम बिक्री गर्दछन ?
म पनि अन्य मालहरु जस्तै एउटा माल हो । श्रमको मूल्य पनि तिनै नियमहरुद्धारा निर्धारित हुन्छ जसरी जुनसुकै अर्को बस्तुको मूल्य तोकिन्छ । वृहत उद्योगको आधिपत्य अथवा संयन्त्र प्रतिस्पर्धा अन्तरगत–जे भनेपनि एउटै कुरा हो भन्ने हामी अगाडि देख्ने छौ–सदैव नै वस्तुको सालाखाला मुल्य त्यस वस्तुकोे उत्पादनमा लाग्ने लागतको बरावर हुन्छ । तसर्थ श्रमको मूल्य पनि श्रमको उत्पादनको लागत बराबर नै हुन्छ । अनि श्रमको उत्पादनको लागत चाहिं जीवन यापनको तिमित्त नभई नहुने साधनहरुको खास त्यो मात्रा हो, जुन मजदूरको लागी उसको कार्यक्षेमता जोगाएर राख्न र मजदूरवर्गको अस्तित्व कायम राख्न आवश्यक हुन्छ । यस उदेश्यको निम्ति जति चाहिन्छ त्यसभन्दा बडि मजदूरले पाउँदैन । त्यसैले गर्दा श्रमको मुल्य अथावा ज्याला ज्यादै नै थोरै हुन्छ । र त्यसमा न्युनतम साधनको बराबर हुन जानेछ जुन जिवन धान्नको निम्ति अत्यावश्यक नै हुन्छ । कारोवारमा कहिल्यै फाइदा हुन्छ कहिले नोक्सान पर्दछ । तसर्थ मजदूरले पनि कहिल्यै धैरै त कहिले थोरै ज्याला पाँउछ । ठीक त्यसरी नै कारखानाको मालीकले पनि आफ्नो बस्तुको निमित्त कहिले बढि त कहिले कम रकम पाँउछ । यदी नाफा र नोक्सानको सरदर हिसाब गर्ने हो भने जसरी कारखानाको मालिकले आफ्नो बस्तुको निमित्त उत्पादनको लागत भन्दा कम या बेसी पाँउदैन, ठीक त्यसरी नै मजदूरले पनि सालाखाला त्यस न्युनतम स्तर भन्दा कम या बेसी पाँउदैन । जति बढि मात्रामा वृहत उद्योगले श्रमका सबै शाखाहरुमा नियंत्रण जमाउँदै लग्ने छ, त्यति नै कडाईका साथ ज्यालाको यो आर्थीक नियम पनि लागु हुँदै जाने छ ।
प्रश्न नं. ६ः औद्योगिक क्रान्तिभन्दा पहिले के कस्ता श्रमिक वर्गहरु अस्तित्वमा थिए ?
सामाजिक विकासका विभिन्न स्तरहरुमा श्रमिक वर्गहरु विभिन्न अवस्थाहरुमा बाँचेका थिए । हुनेखाने र सत्तारुढ वर्गसँग श्रमिकहरुको सम्बन्ध युग अनुसार फरक फरक हुन्थ्यो । प्राचीन कालमा श्रमिकहरु आफ्ना मालिकहरुका दास थिए । ठीक त्यसरी नै जसरी उनीहरु अहिले पनि कैयौं अविकसित मुलुकहरुमा र अझ संयुक्त राज्य अमेरिकाको दक्षिणी भागमासमेत दास नै रहेका छन् । मध्ययुगमा उनीहरु कुलीन भूमिपतिहरुका भूदास थिए, जस्तो आजसम्म पनि हंगेरी, पोल्याण्ड र रुसमा छदैछन् । यसको अतिरिक्त मध्ययुगका शहर औद्योगिक क्रान्ति हुनु अघिसम्म नै शिल्पकारहरु कहाँ काम गर्ने सिकारु शिल्पकारहरु अस्तित्वमा रहेका थिए । नि कारखानाहरुको विकासको साथसाथै विस्तार विस्तार कारखानाका मजदुरहरु देखा पर्दै गए जसलाई ठूल्ठूला पुँजीपतिहरुले काममा लगाउने गरेका थिए ।
प्रश्न नं ७ दास र सर्वहाराको बीचमा के अन्तर छ ?
दासलाई सदाको निम्ति बिक्री गरीएको हुन्छ । सर्बहाराले चाँहि आफुलाई हरेक घण्टा स्वयं विक्री गरीरहनु पर्दछ । प्रत्यक निश्चित दास कुनै निश्चित स्वामीको सम्पत्ति हो । मालिकलाई आफ्नो सम्पत्तिको माया हुन्छ । त्यसैले दासको जिवन निर्वाहको ग्यारेण्टी हुन्छ । सर्बहाराको श्रम चाँहि त्यसैबेला मात्र किनीन्छ जव कसैलाई त्यो आवश्यक पर्न जान्छ । सर्वहाराको उसको जिविका अनिश्चित हुन्छ । सर्वहाराको पुरै वर्गको मात्र अस्तित्व कायम राखिएको हुन्छ । दासले प्रतिस्पर्धा गर्नु पर्दैन, परन्तु सर्वहाराले प्रतिस्पर्धाका अवस्थाहरुमा रहनुपर्दछ र त्यसमा भैरहने सबै प्रकारका हलचलको असर पनि उसले स्वयं अनुभव गर्दछ । दास चाहिं चीजबीज जस्तै ठानिन्छ र उसलाई नागरीक समाजको सदस्यको रुपमा विचार गरीदैन । सर्वहारालाई भने व्यक्तित्व अर्थात नागरीक समाजको सदस्य मानिन्छ । यसैले सर्वहाराको तुलनामा दासको जिविका बढी सुगम हुन्छ, तर, सर्वहारा चाहिं यस्तो समाजको उपज हो । जुन विकासको बढि उच्च खुड्कलोमा रहेको हुन्छ र स्वयं सर्वहारा पनि दासको भन्दा बढी उच्च स्तरमा रहन्छ । दासले आफुलाई त्यतिबेला मुक्त तुल्याउँछ । जव उसले व्यक्तिगत स्वामित्वका सबै सम्बन्धहरु मध्य एउटा मात्र दासत्वको सम्बन्धलाई निर्मुल पार्दछ र यसको परिणाम स्वरुप त्यतिखेर मात्र ऊ सर्वहारा बन्न पुग्द छ । सर्वहाराले चाँहि आफुलाई त्यसबेला मात्रै मुक्त गर्न सक्दछ जव उसले पूरै व्यक्तिगत स्वामित्वलाई नै निर्मूल पारिदिन्छ ।
प्रश्न नं ८. भूदास र सर्वहाराको बीचमा के अन्तर छ ?
उत्पादनका साधन र सानो टुक्रा जग्गा भूदासको स्वामित्व र उपयोग रहन्छन् । यसको निम्ति उसले आफ्नो आयस्ताको एक भाग दिन्छ अथवा केही काम पूरा गर्दछ । सर्वहाराले चाहिं अर्काको मातहतमा रहेका उत्पादनका साधनहरुद्धारा काम गर्दछ र अर्कैको निमित्त काम गरेर यसको सट्ठामा आम्दानीको एक हिस्सा पाउँछ । भूदासले दिन्छ, सर्वहारालाई दिइन्छ । भुदासको जीविका सुनिश्चत छ । सर्वहाराको जीविका अनिश्चित छ । भूदास प्रतिस्पर्धा भन्दा बाहिरै रहन्छ ,तर सर्वहारा चाहिं प्रतिस्पर्धाका अवस्थाहरुमा निर्भर रहन्छ । भूदासले आफुलाई मुक्त गर्नका निम्ति या त शहरमा भागेर जानु पर्छ, त्यहाँ शिल्पकार बन्नु पर्छ, या त स्वतन्त्र मोही बनेर आफ्नो भूमीपतिलाई काम अथावा वस्तुको बदला पैसा बुझाउनु पर्दछ, या त उसले आफ्नो जग्गावाललाई निकालेर स्वयं नै जग्गा धनि बन्नु पर्दछ । छोटकरीमा भन्ने हो भने उसले आफुलाई त्यसवेला मात्र मुक्त तुल्याउँन सक्छ, जुन बेला उ कुनै न कुनै रुपमा सम्पति हुने वर्गको पंत्तीमा समावेश हुन जान्छ र प्रतिस्पर्धाको क्षेत्रमा प्रवेश गर्दछ । सर्वहाराले चाँहि आफुलाई त्यतिखेर मात्र मुक्त गर्दछ जब उसले प्रतिस्पर्धा, व्यक्तिगत स्वामित्व र सारा वर्गीय अन्तरहरुलाई नै नामेट पारिदिन्छ ।
प्रश्न नं ९ नयाँ सामाजिक व्यवस्था कस्तो हुनु पर्दछ ?
सर्वप्रथम उद्योग–व्यवसाय र उत्पादनका सबै शाखाहरुको संचालन एक अर्कासित प्रतिस्पर्धा गरिरहने विभिन्न व्यक्तीहरुको हातबाट खोसेर लिईने छ । यसको सट्ठा उत्पादनका सबै शाखाहरु सम्पूर्ण समाजकै नियन्त्रणमा रहनेछन । अर्थात समाजका हितहरुलाइ ध्यानमा राखेर सामाजीक योजना अनुरुप तिनको संचालन गरीने छ,जसमा समाजका सबै सदस्यहरुले भाग लिने छन् । यसरी यो नयाँ सामाजिक व्यवस्थाले प्रतिस्पर्धालाई निर्मूल पारिदिने छ । र, त्यसको ठाँउमा एउटा संस्था नै खडा गरिदिने छ । विभिन्न व्यक्तीहरुद्धारा उद्योग–व्यवसायको संचालन गरिनुको अनिवार्य परिणम नै व्यक्तिगत स्वामित्व हो ।
श्रोत: कम्युनिष्ट पार्टीको घोषणापत्र प्रगति प्रकाशन सोभियत संघ
ここをクリックしてあなたのスポンサー付きリスティングを獲得。