SPM BOYS VLOG
03/07/2026
उज्यालो नेपाल पार्टीले आफ्नो खेलकुद महासंघको गठनको घोषणा गर्दै नयाँ कार्यसमिति गठन गरेको छ । पार्टीको केन्द्रीय कार्यालय उज्यालो घर, त्रिपुरेस्वरमा आयोजित विशेष समारोहमा संयोजकमा चित्र प्रसाद श्रेष्ठ र सह-संयोजकमा किरण तुलाधरलाई चयन गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परिचयका व्यक्तित्व कुलमान घिसिङले नवगठित समितिलाई शुभकामना दिँदै खेलकुदले राष्ट्रिय एकता र युवा सशक्तीकरणमा प्रमुख भुमिका खेल्नु पर्ने बताउनु भयो । उहाँले उज्यालो नेपाल पार्टीको यो पहलले खेल क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो ।