Inside Rongo
12/04/2026
आफ्नो गाउँ आफै बनाउँ,
'संयुक्त संघ लोवर धाप रोङ्गो' द्वारा आज 'झाँकी पार्कको रोङ्गो'
सर सफाई गरिने काम भयो, उक्त कार्यको केही तस्बिरहरु !!!
11/04/2026
Congratulations baine 💐💐
रोङ्गो उ. मा. विद्यालयकी पूर्व छात्रा टिना तामाङले पनि स्टेट ब्याङ्कको जुनियर एसोसिएट परीक्षा (क्लरिकल) उत्तीर्ण गरिन्
रोङ्गो: १० अप्रेल; ग्रामीण क्षेत्रका नानीहरू पनि अब बिस्तारै राष्ट्रिय स्तरको प्रतियोगितात्मक परीक्षा उत्तीर्ण गर्दै राम्रो नोकरीतिर लाग्न थालेका छन्। यसरी शिक्षामा अब्बल बन्दै उच्च पदको नोकरी प्राप्त गर्नु आमाबुबाको निम्ति मात्र होइन गाउँ, समाज र जातिकै निम्ति गर्वको विषय हुँदछ। यसले गाउँ समाजमा उदाहरण पनि स्थापना गर्दछ।
यसै क्रममा रोङ्गो उ. मा. विद्यालयबाट सन् 2018 मा माध्यमिक परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण गर्ने सुश्री टिना तामाङले यस वर्ष स्टेट ब्याङ्कको जुनियर एसोसिएट परीक्षा उत्तीर्ण गरी नियुक्ति पाएकी छिन्।
यसअघि उनले आइबीपीएस सीएसए- पञ्जाब न्यासनल ब्याङ्क अनि आरआरबी सीएसए वेस्ट बेङ्गाल ग्रामीण ब्याङ्कको परीक्षा पनि उत्तीर्ण गरेकी थिइन्।
सानैदेखि मेधावी छात्रा टिनाले एसयूएमआईबाट उच्चत्तर माध्यमिक अनि सिलगडी कलेजबाट बीकम् अनर्स उत्तीर्ण गरेकी हुन्।
रोङ्गो माझीटार निवासी विकास तामाङ अनि तारामित तामाङकी छोरी टिनाको यश उपलब्धिमा रोङ्गो उ. मा. विद्यालयका शिक्षक प्रभारी सुवास राईले सम्पूर्ण विद्यालय परिवारको पक्षमा हार्दिक बधाई अनि शुभकामना व्यक्त गरेका छन्। यसले विद्यालयमा अध्ययनरत् आउने भाइबहिनीलाई ठूलो प्रेरणा मिल्ने जनाउँदै यो उपलब्धि समाजकाे निम्ति पनि महत्त्वपूर्ण बनेको जनाएका छन्।
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Address
Kalimpong