Bijoy Kumar Rai Official

Bijoy Kumar Rai Official

Share

05/05/2026

आदरणीय भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय नेतृत्वगण,महकुमा स्तरीय नेतृत्ववर्ग,समष्टि-बुथ-प्रशाखा स्तरीय नेतृत्वगण तथा टाउन कमिटीका सम्पूर्ण पदाधिकारीज्यूहरू,पार्टीका कर्मठ कार्यकर्ताहरू, समर्थकहरू तथा आदरणीय मतदाता महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।

यस निर्वाचनमा हामीले अपेक्षित परिणाम हासिल गर्न नसके तापनि,यहाँहरूको अथक परिश्रम, निष्ठा, समर्पण र पार्टीप्रतिको अटल विश्वासले हामीलाई अत्यन्त उत्साहित र प्रेरित बनाएको छ। चुनावमा हार–जीत स्वाभाविक प्रक्रिया हो; तर हाम्रो एकता,अनुशासन र संगठनप्रतिको प्रतिबद्धता नै हाम्रो वास्तविक शक्ति हो।
यस यात्रामा साथ दिनुहुने प्रत्येक नेतृत्व,कार्यकर्ता र मतदाताप्रति म हृदयदेखि नै कृतज्ञ छु। हामी निराश नभई अझ सशक्त रूपमा आत्मसमीक्षा गर्दै आगामी दिनहरूमा जनताको विश्वास जित्ने दिशामा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।

एकताबद्ध रहौँ, संगठित रहौँ, र जनसेवामा समर्पित रहौँ।

पुनः सम्पूर्णमा हार्दिक धन्यवाद।

विजय कुमार राई

01/05/2026

अन्तर्राष्ट्रिय श्रमिक दिवसको पावन अवसरमा सम्पूर्ण श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक सम्मान तथा शुभकामना व्यक्त गर्दछु।
यो दिन केवल उत्सवको दिन मात्र होइन,श्रमको गरिमा, संघर्षको इतिहास र अधिकारको संरक्षणको स्मरण गर्ने दिन हो। श्रमिकको अथक परिश्रम,पसिना र त्यागले नै हाम्रो समाज,हाम्रो अर्थतन्त्र र हाम्रो भविष्यलाई सबल बनाएको छ।
श्रमिकको सम्मान बिना समृद्धि सम्भव छैन। त्यसैले सुरक्षित कार्यस्थल,उचित पारिश्रमिक,सामाजिक सुरक्षा र समान अवसर सुनिश्चित गर्नु हाम्रो दृढ प्रतिबद्धता हुनुपर्छ।
आउनुहोस्,श्रमलाई सम्मान गरौं,श्रमिकको आवाजलाई सशक्त बनाऔं र न्यायपूर्ण समाज निर्माणतर्फ एकजुट भएर अघि बढौं।

01/05/2026

बुद्ध जयन्तीको पावन अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

शान्तिका अग्रदूतले मानवजातिलाई करुणा,मैत्री, सहिष्णुता र सत्यको मार्ग देखाउनुभयो। उहाँका अमूल्य उपदेशहरूले आज पनि समाजलाई उज्यालो दिशातर्फ डोर्याइरहेका छन्।

यस पावन दिनले हामी सबैलाई द्वेष,हिंसा र विभाजनबाट टाढा राखी आपसी सद्भाव,सहअस्तित्व र मानवताको मार्गमा अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु।

बुद्ध जयन्तीको पुनः हार्दिक शुभकामना।



23/04/2026

म शान्तिपूर्ण र सफल निर्वाचन सम्पन्न गराउन अमूल्य सहयोग पुर्‍याउनु हुने सम्पूर्ण मतदाताहरू, समर्पित पार्टी कार्यकर्ताहरू तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
तपाईंहरूको साथ,सहयोग र विश्वास नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो।

धन्यवाद।

21/04/2026

My appeal to Darjeeling.

21/04/2026

पहाडमा शान्ती ल्यायौं अब समृद्धि ल्याउनेछौं
पहाडमा उज्यालो छाएको छ, अझ प्रकाशमान बनाउने छौं
क्षेत्रीयता बचाउँने BGPM नै हो
क्षेत्रीयतालाई अझ मजबुत बनाउन
रुदेन लेप्चा - अमर लामा अनि विजय कुमार राई लाई टर्चको चिन्हमा विपुल मत दिएर बिजयी बनाउनुहोस्।

Photos from Bijoy Kumar Rai Official's post 21/04/2026

दार्जिलिंगको माया 🙏

21/04/2026

🔦

21/04/2026

हाम्रो चालक दाजू भाई हरू को समस्या मा हामी काम गर्नेछौं।
शिक्षा, स्वास्थ्य र रोजगारीसँग सम्बन्धित समस्याहरूमा हामी सुधार र समाधानका लागि काम गर्नेछौं।

21/04/2026

🔦🔦

Want your public figure to be the top-listed Public Figure in Darjeeling?
Click here to claim your Sponsored Listing.

Website

Address

Darjeeling
734101