Chef Moti KC
12/04/2026
A good chef cooks food; a great chef creates memories.
नेपालमा विद्यमान सबै जातीय, भेगीय, पेशागत तथा विद्यार्थी ट्रेड युनियनहरू तत्काल खारेज गरिनु आवश्यक छ। यिनै समूहहरूको समर्थनका कारण नेताहरूमा “हामीले जे गरे पनि हुन्छ” भन्ने गलत मानसिकता र दम्भ बढ्दै गएको छ ।
देशको समग्र हित, सुशासन र उत्तरदायित्व सुनिश्चित गर्न यस्ता संरचनाहरूको तत्काल खारेजी अपरिहार्य देखिन्छ।
जय देश
गगन थापाजी, तपाईंको राजनीतिक यात्राको सुरुवात कसरी भयो भन्ने कुरा धेरैलाई थाहा छैन — र थाहा पाएर पनि नदेखेझैँ गर्नेहरू अझ धेरै छन्।
तपाईंले त्रिचन्द्र कलेजमा स्ववियु चुनाव कसरी जित्नुभयो भन्ने इतिहास लुकाएर लुक्ने विषय होइन।
अन्य कलेजका विद्यार्थीहरूलाई त्रिचन्द्र कलेजका विद्यार्थी परिचयपत्र बाँडेर चुनाव जितिएको तथ्य सबैलाई थाहा छ।
आज पनि त्यही शैली, त्यही चरित्र र त्यही प्रवृत्तिबाट पार्टी कब्जा गरिएको देखिन्छ।
यसरी झुट, छल र जालसाजीको आधारमा उभिएको राजनीतिक यात्रालाई नै “नैतिक राजनीति” को उदाहरण भनेर जनतालाई बेच्ने प्रयास लज्जास्पद होइन र?
यस्तो पृष्ठभूमि बोकेको व्यक्तिलाई अब देशको भावी प्रधानमन्त्री बनाउनु पर्ने भन्ने तर्क कुन नैतिकतामा आधारित छ?
जनतालाई उपदेश दिने तर आफ्नै राजनीतिक इतिहास कालो धब्बाले भरिएको नेतृत्वलाई अब पनि आँखामुनी राखेर चुप लागिरहनु पर्ने?
छल र पाखण्डबाट जन्मिएको नेतृत्वले देशमा सुशासन ल्याउँछ भन्ने भ्रम अब च्यातिनु आवश्यक छ।
कर्णाली प्रदेश सभामा तपाईंले “देशका लागि केही गर्छु भनेर नेपाल फर्किएका नेपालीहरू शरणार्थी हुन्” भन्ने आशयको अभिव्यक्ति दिनु प्रति मेरो गम्भीर आपत्ति छ।
देशप्रति योगदान गर्न फर्किएका नागरिकलाई यसरी कटाक्ष गर्नु अत्यन्त आपत्तिजनक र गैरजिम्मेवार अभिव्यक्ति हो।
अझ विडम्बनाको कुरा के छ भने, आफ्नै दाजु–भाउजू शेरबहादुर देउवा र आरजु राणाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर बेच्दा तपाईं मौन बस्नुभयो।
त्यस्तो गम्भीर अपराधमा चुप लाग्ने अवसरवादी व्यक्तिले आज नैतिकता र राष्ट्रप्रेमको भाषण दिनु कति उचित हुन्छ?
आफ्नै वरिपरि भएका अपराधमा आँखा चिम्लने र स्वदेश फर्किएका नेपालीमाथि शरणार्थीको आरोप लगाउने प्रवृत्ति न केवल दोहोरो चरित्र हो, यो जनतामाथिको खुला अपमान पनि हो।
यस्ता गैरजिम्मेवार र विभाजनकारी अभिव्यक्तिको हामी घोर भर्त्सना गर्दछौं।
बाध्यतावश विदेश गएका नेपाली नागरिकलाई दोष लगाएर “शरणार्थी” भन्नु न केवल अनैतिक छ, यो उनीहरूको पीडा र बलिदानमाथि प्रत्यक्ष अपमान हो।
देशका लागि आफ्नो भविष्य र परिवारको लागि विदेशमा संघर्ष गरेका जनतालाई यस्तो अपमान गर्नेलाई राजनीतिक नैतिकताको कुनै अधिकार छैन
🇳🇵🔔🔔🔔
मलाई धेरै साथीहरूद्वारा बारम्बार जिज्ञासा व्यक्त गरिएको छ कि तपाईंले राष्ट्रिय राजनीतिसम्बन्धी विषयमा सधैं निष्पक्ष धारणा राख्दै आउनु भएको छ। तपाईं स्वयं कर्णाली प्रदेशको व्यक्ति भएको हैसियतले, कर्णालीमा विजय हासिल गर्नुपर्ने उम्मेदवार को हुनुपर्छ भन्ने विषयमा तपाईंको दृष्टिकोण के रहेको छ?
यस विषयमा मेरो धारणा बिल्कुल स्पष्ट छ— ग्यानेन्द्र शाहीजस्तो निर्भीक र स्पष्टवक्ता नेता आज कर्णालीका लागि अपरिहार्य छन्। कर्णालीको पीडा, अभाव र अपमानलाई राष्ट्रिय मञ्चमा यति खुला रूपमा उठाउन सक्ने साहस अरू कसैमा देखिँदैन। जब अरू मौन रहन्छन्, उनी कसैसँग नडराई बोल्छन्।जब अरू सम्झौता गर्छन्, उनी प्रतिरोध गर्छन्। कर्णालीको सम्मान र अधिकारको सवालमा ग्यानेन्द्र शाहीको भूमिकालाई नजरअन्दाज गर्नु भनेको कर्णालीको आवाजलाई कमजोर बनाउनु हो।
त्यसैले सम्पूर्ण जुम्ली जनसमुदायलाई ‘हलो’ चुनाव चिह्नमा मतदान गरी ग्यानेन्द्र शाहीलाई विजयी गराउन हार्दिक अपिल गर्दछु।
***nshah
Haga clic aquí para reclamar su Entrada Patrocinada.